सप्तरी, फागुन १
हुन त लोभ लालच मानीसमा हुन्छ नै । अझ लोभ आफुलाई अभर पर्दा हुदो रहेछ । आफ्नै आँखा अगाडि पैसा छापेर दिने । हेर्दा दुरुस्तै सक्कली । तर केही पैसा लगेर बैंकमा जम्मा गर्दा बैंकले पनि लिने । आँखा अगाडिनै छापिएका ती पैसा नक्कली हुन भन्ने पनि थाह छ ।
तर आज एक लाख दिनुभयो भने दुई दिनमा दुई लाख बनाइदिएर दिन्छु भन्दा कसले लगानी नगर्ला ? एक दुईलाई यसरी डबल पैसा पनि दिने । तर त्यसरी डवल पैसा पाउने आफ्नै सेटिङका हुदा रहेछन । त्यहि देखाएर गाउँका अन्यलाई ठगीरहेका रहेछन् सप्तरीका सप्तरीस्थित कञ्चनपुरका हनुमाने भनेर चिनिने राम बहादुर रजकले । यसरी सोझा सिधा गाउँले र अन्य मानसीहरुलाई ठगेर उनले गाउँमा आलीसान घर पनि बनाएका रहेछन ।
हनुमानेको ठगी नक्कली पैसा छाप्नेमा मात्रै सिमित छैन । उनले व्यक्ति हेरेर ठगी गर्दा रहेछन् । ठगी गर्दा बिभिन्न व्यक्ति परिचालन र प्रयोग गर्ने गर्दा रहेछन ।
समिना खातुनसजले ले हनुमानेसग मिलेर एक्साभेटरसग जग्गा साट्ने धन्दा चलाइदिरहेछिन । अनी वैद्यनाथ यादव चाहि त्यहाँका पत्रकार । चानचुने पत्रकार मात्रै नभएर पत्रकारका नेता रहेछन । एक कार्यकाल त पात्रकार महासघंको अध्यक्ष समेत भएका । यीनले पनि हुमानेको ठगी धन्दालाई जोगाउन सहयोगी भुमिका खेल्दा रहेछन ।
यीनले प्रहरी, प्रशाषन र अन्य शक्तिसगको सेटिङ गरिदिने र हनुमानेलाई धन्दा चलाउन सहज बनाइदिने वातावरण बनाउँदा रहेछन । अहिले यहि आरोपमा यी तीनैजना प्रहरी खोरमा छन् । प्रहरीले सुक्षरुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।









