अटो मोवाइल्स दमकको तेस्रो साधारणसभा सम्पन्न

दमक , फागुन ९

गाडीहरुको बिक्रि, मर्मत तथा पार्ट्‌सहरुको बिक्रेता तथा सञ्चालकहरुको संगठन अटो मोवाइल्स एसोसियनको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार इलामको चपेटीमा वनभोज सहित एसोसियनले आफ्‌नो साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा एसोसियसनका अध्यक्ष बुद्धिसागर बराल विमलले वार्षिक प्रतिवेदन पेस गर्नु भएको थियो ।

 

विषम परिस्थितीबाट सुरु भएको यो एसोसियन अहिले अटो मोवाइल्स व्यवसायीहरुको व्यवसायिक समस्या र समाधानलाई समुहिक छलफल र प्रयासबाट निर्क्यौल निकाल्न सक्ने बनाएको अध्यक्ष बरालले प्रतिवेदनमार्फत जानकारी गराउनु भएको छ ।

 

दमक उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष राजु खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै खड्काले भन्नु भयो ‘बस्तुगत संघमध्ये सबैभन्दा सक्रिय रहेको यो एसोसियसनलाई वाणिज्य संघबाट अन्य कुनै सहयोग आवश्यक परेमा गर्न तयार रहेको छ ।’ साथै उहाँले हरेक साधारणसभा सम्पन्न गर्न दिइने १० हजारको सही सदुपयोग गरिएको पनि उल्लेख गर्नु भयो ।

 

कार्यक्रममा वाणिज्य संघका लेखा समिति संयोजक नेत्र चम्लागाईं, सदस्य हेमसिहं अधिकारी लगायतको सहभागिता रहेको थियो । वनभोज सहितको साधारणसभा भएकोले विभिन्न रमाइला कार्यक्रम समेत सो अवसरमा भएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,