अनुशीलन

विदेशमा समेत नेपाली साहित्य प्रवर्द्धनमा सक्रिय आचार्य दम्पती

दमक, फागुन १०
२०३५ सालताका दमकको हिमालय माद्यमिक विद्यालयमा पढ्दादेखि नै गीत लेख्ने र गाउन उक्सिने केशव आचार्यको साहित्यमा रुचि भएकी प्रभा भट्टराईसँग भेट भयो । सँगसँगै कार्यक्रममा सहभागि हुँदैजाँदा सृजनाकै कारण एकापसमा नजिक भएर दुईबीच पारिवारिक हिसावले दम्पतीका रुपमा एकता भयो अनि साहित्यकोे रथ समेत दौडाउँदै जानु भयो ।

 

साहित्यको रथ दौडाउने दुई पाङ्ग्रामध्येकी भारतको दार्र्जीलिङमा जन्मिनु भएकी प्रभा भट्टराई पछि आचार्य प्रभाका नाममा सक्रिय बन्नु भयो । प्रभा कविता, गीत, गजल, मुक्तक र लघुकथामा र केशव कविता, गजलहुँदै विशेष मुक्तकमा केन्द्रित बन्नुभयो । केशव लेख्ने, तर कार्यक्रममा गएर रचना सुनाउने र प्रकाशन प्रशारण गर्ने कुरामा खास लोभ नगर्ने । प्रभा भरसक सबैतिर पुगेर आफ्‌नोे प्रभाव विस्तार गर्न लाग्ने । दम्पतीको साहित्यको यस्तोे अभिरुचिले साहित्यिक जमघट गर्ने स्थलका रुपमा ०४७ सालताका दमकको पुरानोबजारस्थित हालको मिसाल मार्केटमा रहेको आफ्‌नो काठे घरको कोठामा ‘कोठे साहित्यिक यात्रा’ नाम दिएर संगठित गतिविधि अघि बढाउन नवसर्जक समेत समेटेर साप्ताहिक रचना वाचन कार्यक्रम थाल्नुभयो ।

 

त्यो इतिहासबाट थालिएको यात्राबीच विगत २० वर्षदेखि आफ्‌ना छोेरीहरुका माध्यमले अमेरिकामा बसोबास गर्दै त्यताको समेत साहित्यिक गतिविधिमा दम्पती सक्रिय बन्दै आउनु भएको छ । विभिन्न समय खण्डमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडोको अध्यक्ष भएर प्रभाले र उपाध्यक्ष भएर केशवले गतिविधि अघि बढाउनु भयो ।

 

यसबीच २०६१ सालमा प्रभाले पहिलो कृतिका रुपमा कविता संग्रह ‘परदेशबाट’ प्रकाशित गर्नुभयो । ०६८ मा गजल संग्रह ‘असह्य चीत्कार’, ०७६ मा गीत संग्रह ‘मायाको नाकाबन्दी’ र सन् २०२२ मा लघुकथा संग्रह ‘विधुर पुरुष’ प्रकाशित गरिसक्नु भएको छ । ‘पाएँ मैले तिम्रो चिठ्ठी प्रेमको निशानी’ ले उहाँलाई बढी चिनायो । योसहित १ सयको हाराहारीमा उहाँका गीत रेकर्ड भएका छन् ।

 

प्रभाले नव कविता प्रतिभा राष्ट्रिय पुरस्कार काठमाडौं २०५४, भानु साझा पुस्तकालय २०५५, पुनर्जीवन सरोकार केन्द्र दमक २०५७, साहित्य कला सङ्गम दमक २०५८, बनिता प्रकाशन विराटनगर २०६१, नवरङ्ग साहित्यिक प्रतिष्ठान (धरमपुर झापा )२०६०, झापाली साहित्य समाज २०७१, महिला सञ्चार समूह २०७१, पाख्रिबास कला साहित्य सम्मान धनकुटा २०७३, काव्य चौतारी २०७५, अनेसास डायोस्पोरा सम्मान २०१६, अनेसासबाटै नवरत्न नारी पुरस्कार सन् २०२३ र २०२४, गजल मुशायरा अष्ट्रेलिया, सप्तरंगी सृजनशील समूह दार्जीलिङ लगायतबाट दर्जनौं सम्मान प्राप्त गरिसक्नु भएको छ ।

 

केशवले साहित्यिक गतिविधि गर्दै आउँदा सन् १९९० को दमक जेसीजको अध्यक्ष रहेर युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा क्रियाशील बन्नु भयो । सम्मान र पुरस्कारबाट समेत टाढा रहन रुचाउने उहाँले अनेसास कोलोराडो च्याप्टर अमेरिका, गजल मुशायरा अष्ट्रेलियासहितबाट केही सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । आफ्‌ना सृजनाहरुलाई कृतिगतरुपमा बाहिर ल्याउन रुची नराखिरहेको अवस्थामा उहाँले अव चाँही श्रीमती प्रभासँग संयुक्त कृति प्रकाशनको सोच बनाउनु भएको छ । उज्यालो खबरको अनुशीलन कार्यक्रमको २३ औं श्रृंखलामा उहाँहरुकोे साहित्यिक यात्रा र रचना प्रस्तुत छ, हेरौं भिडियोमा :

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,