आधा कार्यकालपछि जनताको राय बुझ्‌न जनप्रतिनिधिको घरदैलो अभियान

दमक, फागुन १४
लोकतन्त्रपछिको स्थानीय तहको  दोस्रो कार्याकालको निर्वाचन सम्पन्न भएको आधा भन्दा धेरै अवधि सकिएको छ । यस बिचमा जनताका अपेक्षा अनुसारका काम भएनन् र जनप्रतिनिधि पुरानै पारामा काम गरिरहेका छन् भन्ने आरोप लागिनै रहेको छ ।

 

यस अवस्थामा दमक नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधि भने आफुहरुले गरेको अहिलेसम्मको काम कस्तो भयो र अव के गर्दा हुन्छ भन्दै जनताको घर घरमा पुगिरहेका छन् । यहि क्रममा वडाबासीहरुको तथ्यांक रेडर्क पनि लिने काम भएको छ । यसरी चुनावमा भोट माग्न गएकै शैलीमा घर घर पुगेका जनप्रतिनिधिलाई यहाँका नागरिकले यहाँ रहेको दीपिनी खोलामा तटबन्ध निर्माण गरिदिन र गाउँका बिग्रेका सडकहरु बनाइदिन माग गर्नेमा हुनुहुन्छ स्थानीय कमला पौडेल र बिदुर बस्नेत ।

 

बिहानको खाली समयमा जनप्रतिनिधिहरु फायल बोकेर कर्मचारी सहितको टोली लिएर घर घर पुगेका छन् । यसरी जहाँ पुगिन्छ जनताकै घरमा जे पाक्छ त्यहि खाने गरी दमक ८ का जनप्रतिनिधिहरु यतीबेला घरदैलो अभियानमा छन् । एक महिनासम्म चल्ने यो अभियानमा जनताको नजरमा आफूहरुको कामको मूल्यांकन गराउने  र नयाँ योजनाहरु कहाँ के के आवश्यक छन् भनेर तिनको पहिचान गर्दै क्रमागत रुपमा बजेट बिनियोजन गराएर काम गर्ने नयाँ पाठ सिक्न पनि यो अभियान चलाइएको वडाध्यक्ष धर्मप्रसाद दाहाल ( दिपेश)ले जानकारी दिनुभयो ।

 

दिनको समयमा कार्यालयको सेवालाई निरन्तरता दिने र फुर्सदमा जनताको घर घरमा गएर अवस्था र समस्या बुझ्‌ने यो अभियानको दमकमा चौतर्फी प्रशंसा हुन थालेको छ । अभियानबाट निस्केको निष्कर्षलाई सहि कार्यान्वायनमा लैजान सक्ने हो भने यसले थप प्रभाकारिता बढाउने छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको