सातदिनभित्र स्पष्टीकरण नदिए ११ कम्पनीलाई कालोसूचीमा राखिने

दमक, फागुन १५
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई सातदिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको छ ।

 

सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा शिव कुमार महतो नेतृत्वको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन, राधेश्याम झा नेतृत्वको शिवम् कन्स्ट्रक्सन छन् । यी तीनवटै कम्पनीहरु जनकपुरका हुन् ।

 

यसैगरी कार्लमाक्स श्रेष्ठ नेतृत्वको राजिता निर्माण सेवा सुर्खेत, सोना उल्लाह खाँ नेतृत्वको विपिन कन्स्ट्रक्सन पाल्पा, भिम तामाङ नेतृत्वको ए एण्ड डी कन्स्ट्रक्सन, गोपाल प्रसाद घिमिरे नेतृत्वको सूर्यविनायक कन्स्ट्रक्सन दाङलाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।

 

यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको मौका दिइएको हो । यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिहे र कोरियाको राजदूत बन्ने सपना देखाएर करोडौं ठगी : खतिवडाविरुद्ध जाहेरी

काठमाडौं ,१९ भदौ। महिलाहरूसँग बिहे गर्ने भनेर पारिवारिक र आत्मीय सम्बन्ध बनाउँदै ठगी गर्ने ‘फिल्मी हिरो’ डम्बर भन्ने सञ्जय खतिवडाविरुद्ध थप जाहेरी दर्ता भएको छ

बाढीपीडितको उद्धार र राहतका लागि रामेछापका चार पालिकाको ऐक्यबद्धता

रामेछाप ,१९ भदौ। गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति

दमकको हंसे दुम्से वनमा चुनाव, अध्यक्षमा दंगाल र दुलाल भीड्दै

दमक, १९ भदौ । दमकमा रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितीमा लामो रस्साकस्सी पछि चुनाव हुने निश्चित भएको छ।निर्वाचन तालिका अनुसार आइतबार हुने निर्वाचनका

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी