मुख्यमन्त्री राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई (फोटो फिचरसहित)

दमक, फागुन १६
झापाको दमकमा सम्पन्न कोशी प्रदेशको राष्ट्रिय स्तरको मुख्यमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले हात पारेको छ ।

 


बिहीबार सम्पन्न फाइनल खेलमा प्रदेश टिम बागमती प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

 

उपाधि जितेसँगै एपीएफले नगद ५ लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप बिजेतामा चित्त बुझाएको बागमतीले नगद ३ लाख मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
कोशी प्रदेशका सस्थापक मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता रहेको प्रतियोगिताको फाइनल खेलमा दर्शकको साथ भने बागमतीले पाएको थियो ।
खेल सुरुहुनु अघि नै दर्शक दीर्घाबाट बागमतीको पक्षमा चर्को हुटिङ लागेको भएपनि खेलमा भने नजिता आउन सकेन ।

 


यद्यपि, एपीएफका समर्थकहरुले भने खेलमैदानमै ढोल ल्याएर र एपीएफको झण्डा समेत ल्याएर फरफराउँदै खेलाडीको प्रोत्साहन बढाइरहेका थिए ।
प्रतियोगिताको बिच बिचमा शुभकामना मन्तव्य चलिरहेको थियो । यहि बिचमा बोल्दै सस्थापक मुख्यमन्त्री राईले समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्न खेलाडीको भूमिका र खेलाडीलाई बचाउन खेलकुदका गतिविधि हुनु अत्यन्तै सुन्दर पक्ष रहेको उल्लेख गर्नु भयो ।

 


प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको समेत सहयोग रहेको प्रतियोगितामा विशेष अतिथि रहनु भएका बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले कोशी प्रदेशमा अहिले खेलकुदका गतिविधि बाक्लै हुन थालेको र कोशी प्रदेश सरकार खेलाडीको संरक्षणमा अघि बढिरहेको उल्लेख गर्नु भयो ।

 


नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा बिभिन्न बिभागीय टिम सहित ९ वटा टिम सहभागी भएका थिए । खासगरी महिला खेलाडीहरुको प्रोत्साहनकालागि महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको महासघंका कोशी प्रदेश अध्यक्ष राजुकमार थापाले जानकारी दिनुभयो ।

तस्बिरहरु: अस्मिका निरौला/उज्यालो खबर 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लाङटाङ केरूङभोटेकोशी बाढी : उद्धारमा ढिलाइ, ७३५ जनाको मृत्यु, २ हजार ४३६ अझै बेपत्ता

काठमाडौं ,१४ भदौ। भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखा जिल्ला

भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् ।

प्रहरीको दुई सहित ९ जनाको पहिचान(नामावलीसहित)

रसुवा ,१४ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीहरूले २५९ वटा शव सङ्कलन गरेका

दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न एनआरएनए पूर्वउपाध्यक्ष साहको अपिल

काठमाडौँ , भदौ १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष सुनील साहले गत २६ अगस्टमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि

‘अगाडि मृत्युको डर, पछाडि भीषण बाढी’ : इन्जिनियरको कहालीलाग्दो अनुभव

नुवाकोट , भदौ १४। रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरूले आफूले भोगेको भयावह क्षण सुनाएका छन् ।बाढीबाट बच्ने

७ लाखबाट सुरु भएको आर के को व्यवसायीक यात्रा यसरी बन्यो करोडौको लगानी

दमक, १४ भदौ । जान्नेका लागी व्यवसाय एक एक एघार हो । नजान्नेकालागी व्यवसाय एक मा एक सुन्य पनि हो । हो यो वाक्य दमकका