१ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्रमा ५ करोड १६ लाखको मात्र बिक्री

दमक, फागुन १६
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी गत आर्थिक वर्ष सरकारले १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गरेकोमा ५ करोड १६ लाख रुपैयाँको मात्र बिक्री भयो । उक्त बचतपत्रमा सरकारले ९ प्रतिशत ब्याज प्रदान गरेको थियो, जुन सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर भन्दा बढी हो ।

 

सरकारले जारी गरेको उक्त बचतपत्रमध्ये औसतमा ९५ प्रतिशतभन्दा बढी बिक्री नहुने गरेको विभिन्न सरकारी अध्ययन प्रतिवेदनले देखाएका छन्‌ । जसअनुसार पछिल्लो १५ वर्षमा जारी भएको यस्तो बचतपत्रको औसत बिक्री ५.०९ प्रतिशत मात्र छ ।आर्थिक वर्ष ०६६/६७ देखि चालु आवसम्म सरकारले १७ अर्ब ६ करोड ५५ लाख रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसकेको छ ।

 

तीमध्ये ८६ करोड ८१ लाख रुपैयाँ अथवा ५.०९ प्रतिशत मात्र बिक्री भएको छ भने बाँकी ९४.९१ प्रतिशत बिक्री भएको छैन । हरेक वर्ष बचतपत्रमा प्रदान गरिने ब्याजदर सोही अवधिमा बैंकहरूले निक्षेपमा दिनेभन्दा बढी छ ।यस वर्ष पनि सरकारले ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ ।

 

चालु आव आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि बचतपत्र बिक्रीका लागि सूचना जारी गरेको हो । सो बचतपत्रमा ८.५० प्रतिशत ब्याजदर पाइन्छ । यो ब्याजदर हाल बैंकहरूले निक्षेपमा प्रदान गर्नेभन्दा झन्डै दोब्बर हो । गत पुससम्म बैंकहरूले निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर ४.७५ प्रतिशत छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि चैत १८ सम्मका लागि बचतपत्र खरिदको म्याद तोकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,