अनुशीलन

एक जन्ममा दुई जिन्दगी भोग्दै सृजनामा सक्रिय एलबी राई

दमक, फागुन १७
सारसौतो अवस्थामा रहेको मान्छेलाई पनि कतिखेर के हुन्छ थाहै हुन्न । परिस्थितीले के के सृजना गर्छ त्यो त्यो भोग्दै जानु नै वास्तविक जिन्दगी हो भन्ने लाग्छ झापा दमक १ का साहित्यकार लोकबहादुर अर्थात एलबी राईलाई ।

 

पिता बालनन्द र माता वुद्धश्वरीको सन्तानका रुपमा वि.सं.२०२५ साल भदौ १९ गते पाँचचरस्थित तुम्बेवा गाउँपालिका ५ हाङ्गुममा जन्मिनु भएका उहाँको २०७२ साल असार १४ गतेको घटनाले जीवनको एउटा पक्ष खोस्यो । अर्थात बिर्तामोड चारपानेमा गाडीको ठक्करबाट उहाँको मेरुदण्ड नचल्ने अवस्था बनाइदियो । अनि विद्यालयदेखि नै कविता लेख्ने रुचीलाई ओछ्यान पर्दै भएपनि सशक्त बनाएर कृति नै तयार गर्नुभयो । सृजनाको छोटो र चोटिलो विद्या रुबाई लेख्न बढी रुची राख्ने उहाँले आफ्‌नो जीवन भोगाईमा आधारित पुस्तकको नाम राखेर ०८१ सालमा रुबाई संग्रह ‘एक जन्म दुई जिन्दगी’ प्रकाशन गर्नुभयो । त्यसअघि सामाजिक सेवामा सक्रिय उहाँको जीवन साहित्य सृजनाको पाटोबाट परिचय स्थापित गर्न अघि बढ्यो ।

 

पाँचथरमै किराना पसल सञ्चालन गर्दै समाजसेवा गर्नुहुन्थ्यो । त्यहाँको दशमी कृषि सहकारी संस्थाको संस्थापक अध्यक्षहुँदै ६ वर्ष संस्था हाँक्नु भएका उहाँले सोही संस्थाको ब्राण्डमा दमकमा छुर्पीलाई प्याकेजिङ गराएर आफ्‌नो लामो समयदेखिको व्यवसायिक कामलाई निरन्तरता दिइरहनु भएको छ । ०६८ देखि दमक झर्नुभएका उहाँ त्यहाँको सूर्यकिरण सहकारीको लेखा संयोजक भएर पनि काम गर्नुभयो । दमक झरेको ४ वर्षपछिको दुर्घटनाले उहाँलाई ओछ्यान पारेपनि सृजना क्षेत्रमा लाग्न र सर्जकहरुसँगको अन्तरंगले जीवनलाई थप उर्जा भरिरहेको छ ।

 

आइएसम्मको अध्ययन गर्नुभएका उहाँले सामाजिक काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भयो । ०७३ मा दशमी बजार व्यवस्थापन समिति, ०७६ मा दशमी सहकारी संस्था, ०७९ मा तुम्बेवा गाउँपालिका ५ नम्बर वडा कार्यालयसहितबाट सृजना, व्यवसाय, सहकारी तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएकोमा सम्मानित बन्नु भएको छ ।

 

छोरीहरु स्मीता र उषा अनि छोरा मिलनको साथ, सहयोग र हौसलाकासाथमा सृजनशील जीवनको यात्रामा रहनु भएका उहाँ रुबाई मञ्च नेपालका आजीवन सदस्य हुनुहुन्छ । उहाँले आफूजस्तो जीवन भोगाईका अरुलाई समेत उर्जा भर्ने योजनामा आफ्‌नो आत्मकथा तयार गरेर ०८२ सालमा प्रकाशनमा ल्याउनकालागि मुस्किलले ट्याबमा एउटा औंलो चलाउँदै लेखनमा लाग्नु भएको छ ।

 

‘दुईखाले जिन्दगी भोग्न पाएँ, त्यत्रो गुनासो पनि छैन । जे छ यसैलाई सृजनशील बनाउछु भनेर साहित्य सृजनामा जोड दिएको छु । सकभर म जस्ता अरुलाई पनि प्रेरणा भर्ने मेरो कोशिष छ ।’– मिठासपूर्णशैलीमा सुमधुर रुपमा प्रस्तुत हुँदै भन्नुभयो । हाल अष्ट्रेलियामा रहनु भएका दमकका साहित्यकार प्रकाश आङदेम्बेको विशेष प्रेरणारुपी हौसलामा पछिल्लो समय लेख्ने कुरामा जोड दिँदै आउनु भएको छ । साथै उहाँले आफूजस्ता अपाङ्गताको शिकार भएकाहरुको हकहितकालागि आफ्‌नो रुबाई संग्रहको बिक्रीको ६७ प्रतिशत रकमबाट ५ लाखको अक्षयकोष निर्माणको योजना अघि सार्नुभएको छ । हालसम्म सो कोषमा ३ लाख जम्मा भइसकेको छ । उज्यालो खबरको अनुशीलन कार्यक्रममार्फत उहाँसँग भलाकुसारी गर्दै सृजना प्रस्तुति समेतको यो भिडियो हेरौं :

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा