खर्क र गोठमा हिमचितुवाको आतंकले पशुपालन व्यवसाय सङ्कटमा पर्दै

मुस्ताङ, फागुन १८
पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवाको आतंकले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ।

 

हिमचितुवा र मानवबीचको द्वन्द्वले ती क्षेत्रमा पशुपालन व्यवसाय छोड्न थालिएपछि जमिनमा खासै उब्जनी नहुने क्षेत्रमा जिविकोपार्जनमा थप समस्या बढ्दै गएको देखिएको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।

 

गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका विभिन्न पशुपालक किसानको खर्क र गोठमा रहेका घोडा, खच्चड, याकचौँरी, भेडा–च्याङ्ग्रालगायतमा कुल एक सय ८० वटा पशुधनमा हिमचितुवाले क्षति पुर्याएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जनाउनु भयो । चालु आर्थिक वर्षको १० महिनामा हिमचितुवाले १३ वटा चौपाया मारेको उल्लेख छ ।

 

चरण क्षेत्र साँघुरिँदा नाउर हिमालबाट घाँसको खोजीमा तल तल झर्न थालेको छ । त्यही नाउरलाई पछ्याउँदै हिमचितुवा घर गोठ आइपुगेको एक्यापको ठहर छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिहे र कोरियाको राजदूत बन्ने सपना देखाएर करोडौं ठगी : खतिवडाविरुद्ध जाहेरी

काठमाडौं ,१९ भदौ। महिलाहरूसँग बिहे गर्ने भनेर पारिवारिक र आत्मीय सम्बन्ध बनाउँदै ठगी गर्ने ‘फिल्मी हिरो’ डम्बर भन्ने सञ्जय खतिवडाविरुद्ध थप जाहेरी दर्ता भएको छ

बाढीपीडितको उद्धार र राहतका लागि रामेछापका चार पालिकाको ऐक्यबद्धता

रामेछाप ,१९ भदौ। गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति

दमकको हंसे दुम्से वनमा चुनाव, अध्यक्षमा दंगाल र दुलाल भीड्दै

दमक, १९ भदौ । दमकमा रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितीमा लामो रस्साकस्सी पछि चुनाव हुने निश्चित भएको छ।निर्वाचन तालिका अनुसार आइतबार हुने निर्वाचनका

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी