१६ औं दमक नगरसभा सम्पन्न

३ सय शैयाको अस्पताल निर्माणको माग गर्ने प्रस्ताव पारित

दमक, फागुन २०
पूर्वमा सहरीकरण अघि बढेको दमक नगर स्वास्थ्य क्षेत्रको समेत केन्द्रका रुपमा विकास हुँदै गएको छ । पश्चिम झापाकासाथै इलाम, पाँचथर, उत्तरपूर्वी मोरङका सेवाग्राहीहरु उपचारकालागि दमक नगर अस्पालमा आउने गरेकाले निकै भिडभाड हुने गरेको छ ।

 

हाल १५ शैयाको मात्र अस्पताल स्वीकृत भएको अवस्थामा बिरामीको चापलाई मध्यनजर गर्दै ३ सय शैयाको अस्पताल निर्माण गर्नु आवश्यक रहेको ठहर गर्दै दमकको १६ औं नगरसभाबाट सो सम्बन्धि विशेष प्रस्ताव पारित गरिएको छ । आइतबार सुरु नगरसभाको मंगलबार समापन गर्दै नगर प्रमुख रामकुमार थापाले ३ सय शैयाको अस्पताल निर्माणकालागि सम्बन्धित निकायमा पहल गर्ने प्रस्ताव पारित गरिएको जनाउनु भयो ।

दमक अस्पतालमा दैनिक १ हजार बढी बिरामी उपचारकालागि आउने गरेकाले हालको अवस्थाले थेग्न समस्या भएको कुरामा नगरसभा सदस्यहरुले समेत सहमति जनाएपछि नगर प्रमुख थापाले विशेष प्रस्तावको रुपमा अस्पतालको स्तरोन्नतीको तत्काल माग अघि बढाउने निर्णय सुनाउनु भएको हो ।

 

अस्पतालको स्तरोन्नतीकासाथै दमक बाटिका, धिमाल होमस्टे, पशुपति सिमसार, राते होली तटबन्ध, हात्ती नियन्त्रण, फोहोर छान्ने मेसिनसहितका प्रस्तावहरु विशेष प्रस्तावका रुपमा दर्ज भएका छन् । नगरसभामा उठेको प्रश्नको सन्दर्भ समेत जोडेर नगर प्रमुख थापाले नगरले चाँडै नै सबै विधाका खेल समावेश गरेर खेलकुद महोत्सव गरिने योजना सुनाउनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नगर सदस्यबाट उठेका प्रश्नको जवाफ दिने क्रममा महिला अधिकार र शसक्तिकरणको पाटोमा नगरपालिका अग्रसर बनेको जनाउनु भयो । साथै उहाँले अनुगमनमा पनि सक्रियता अपनाइरहेको जवाफ दिनुभयो ।

 

सो अवसरमा प्रशासनतर्फ उठेका जिज्ञासाको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जवाफ दिनु भयो ।
कार्यक्रममा दमक ५ मा सदस्य खड्गबहादुर राईले नगरमा खेलकुद समिति भएपनि दमक गोल्डकप फुटबल रोकिएको तथा खेलकुदका गतिविधि हुन नसकेकोतर्फको प्रश्न राख्नु भएको थियो ।

 

दमक ४ का सदस्य हुकुमचन्द्र बस्नेतले नगरले दिने कृषिसहितका अनुदानका कार्यक्रम लक्षित वर्गसम्म चुस्तरुपमा पुग्नमा कमि कमजोरी रहेको औंल्याउनु भयो ।

 

सभामा योजनाको काम चुस्त बनाउन कुनै पनि योजनाको सुरुको काम गर्ने र योजना अनुगमन गर्ने प्राविधिक फरक फरक राख्ने गरी नगरले अन्तिम तयारी गरिरहेको पनि जानकारी गराइएको छ ।

 

सो अवसरमा आर्थिक ऐन, विनियोजन ऐन, फोहोरमैला तथा प्लाष्टिकजन्य बस्तुको प्रतिवन्ध ऐनलगायतका ८ वटा ऐनका संसोधन विधेयक पास गरिएको छ ।
कार्यक्रममै नगरपालिकाको उत्कृष्ठ करदाताका रुपमा बहाल करतर्फ रेक्स श्रेष्ठ, सम्पत्ती करतर्फ इन्द्रमाया श्रेष्ठ र व्यवसाय करतर्फ भाटभटेनी मार्केटलाई सम्मानित गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ