दम्पत्तिको मृत्यु

काठमाडौंमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परे

 

 

झापा/

काठमाडौँमा घरभित्रै नि’स्सासिएर एक दम्पत्तिको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–३ बोझेनीमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दम्पत्ति गएराति आफ्नै घरमा आ’गो बा’लेर सुतेका उनीहरू बिहान मृत भेटिएका थिए । प्रहरीको अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ । थिङ दम्पत्तीका छोराले बुवा–आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन् ।

उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र नि’सास्सि’एर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली पुगेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

यस्तै भीआईपीको घरमा निजी सुरक्षाकर्मीका रुपमा परिचालित प्रहरी हवल्दार मृत फेला परेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथन राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मीको रुपमा परिचालित प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन्।

घर बिदामा रहेको जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ आफ्नै घरस्थित खाटमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । परिवारका अन्य सदस्य घर बाहिर रहेको र फर्किदा जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ