आस्था कलेजबाट १०५ जना दीक्षित हुँदै

 

दमक, फागुन २१

पहिले पहिले स्नातकोत्तर गर्नेहरुकालागि दीक्षान्त कार्यक्रम राखिने गरेकोमा हाल आएर स्नातक तह उत्तीर्णलागि नै दीक्षान्त कार्यक्रम राखिन थालेको छ । यस सन्दर्भमा आस्था कलेज अफ मेनेजमेन्ट दमक ४ ले स्नातक उत्तीर्णकालागि भोलि दीक्षान्त कार्यक्रम गर्ने भएको छ ।

 

०८० सालमा बीबीएस अध्ययन पुरा गरेका १०५ जना विद्यार्थीकालागि भोलि दीक्षान्त कार्यक्रम हुने कलेजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख टेकनाथ भण्डारीले जानकारी गराउनु भयो । उहाँले सन् २०१५ सालमा आइएसओ ९००१ मान्यता प्राप्त कलेजले सन् २०१९ मा कोशी प्रदेशको उत्कृष्ठ उपाधि प्राप्त गर्दै नेपालको उत्कृष्ठ ३ मा आफ्‌नो स्थान हाँसिल गरेको इतिहास स्मरण गराउनु भयो ।

 

सो अवसरमा कलेजका अध्यक्ष बलभद्र कोइरालाले व्यवस्थापन संकायतर्फ उत्कृष्ठ बन्दै आएको कलेजले आगामी दिनमा विज्ञान, व्यवस्थापन अन्तर्गत एमबीएस, एमबीए, बीबीए, बीआइएम, बीएचएम लगायतका प्रविधि र सीपमूलक शैक्षिक कार्यक्रम थप गर्ने लक्ष्य लिएको बताउनु भयोे ।

दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा दीक्षान्त कार्यक्रम तय गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा