संगिनी प्रवर्द्धनमा पथरी शनिश्चरे, प्रथम संगिनी महोत्सव सम्पन्न

पथरी, फागुन २४
उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक संगिनी महोत्सव सम्पन्न भएको छ ।

 

पथरी शनिश्चरे नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा वडा नम्बर ३ को महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले शनिबार प्रथम संगिनी महोत्सव सम्पन्न गरेको हो ।

 

नगरको वडा नम्बर १, ३ र ८ का गरी ५ वटा समूहले महोत्सवमा संगिनी प्रस्तुत गरेका छन । बालिका, युवा र बृद्ध अवस्थाका महिलाहरुले अलग अलग रुपमा मौलिक भेषभुषामा सजिएर संगिनी प्रस्तुत गर्दा निकै रमाईलो र जागरुक वातावरण बनेको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्‌लेले आफू सानोे हुँदा आमा, हजूरआमाले खेलेको देखेको संगिनी अहिले लोप हुन लागेकोमा जागरुक महिलाले त्यसलाई जगाएकोप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘संगिनी, बालन जस्ता लोप हुन लागेका मौलिक संस्कृतिको संरक्षणमा नगरपालिकाले चासो राख्दै आएको छ । यसखाले कार्यक्रम भव्य रुपमा भएको देख्न पाउँदा निकै खुसी लागेको छ ।’

 

कार्यक्रममा नगर प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष नवीन कार्की, ३ नम्बर वडाध्यक्ष विजय लिम्बू, ४ नम्बर वडाध्यक्ष लोकनाथ न्यौपानेले पनि पूर्वको मौलिक लोक नाच संगिनी संरक्षणमा लागिपर्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा निविशेषानन्द अध्ययन प्रतिष्ठानका संरक्षक स्वामी निविशेषानन्द, नगरको युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, स्थानीय संस्कृतिकर्मी भूवनेश्वर पोखरेल, जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै संगिनी प्रवद्र्धनको कामप्रति प्रशंसा गर्नुभयो ।

 

संगिनी बारे बहस उठानका रुपमा पत्रकार एवम् सर्जक भूपेन्द्रराज तिम्सिनाले ‘संगिनीको परम्परा र यसको सांस्कृतिक जागरणमा पथरी शनिश्चरे’ शिर्षकमा अवधारणापत्र प्रस्तुत गर्नुभयो । उहाँले तेह्रथुम, भोजपुरतिरबाट सुरु भएको संगिनीको ऐतिहासिक पक्षकासाथै यसको सामाजिक, सांस्कृतिक महत्वका बारेमा प्रष्ट्याउँदै यसको जगेर्ना गर्न सरकारी र गैरसरकारी पक्षको समन्वयबाट एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने अवधारणा अघि सार्नुभयो ।

 

संगिनी संरक्षण र पुस्ताहस्तान्तरणको हुटहुटीमा विगत ५ वर्षदेखि पथरी शनिश्चरे ३ शान्ति टोलका महिला समुदाय प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेर लागिपरेको अवस्था अझ उदाहरणीय बन्ने हिसावले यसखाले ऐतिहासिक काम अघि बढेको छ । संगिनीको संरक्षण तथा पुस्ताहस्तान्तरणको अवधारणामा अघि बढेको संस्थाको यो कार्यक्रम नेपालकै सम्भवत पहिलो संगिनी महोेत्सव भएको संस्थाका सल्लाहकार अर्जुन काफ्‌लेले कार्यक्रमको औचित्य प्रष्ट्याउने क्रममा उल्लेख गर्नुभयो । कार्यक्रममा बालकृष्ण अधिकारी र लक्ष्मीप्रसाद फूयालले कविता प्रस्तुत गर्नुभयो ।

 

२०६२ माघ १८ गते भजन किर्तन गर्न धार्मिक कार्यमा सघाउन रेणुकादेवी काफ्‌ले अध्यक्ष रहेर स्थापना भएको महिला जागरुक हरिकिर्तन समूह २०७६ बाट संङ्गिनी नाचको संरक्षणमा जुट्न थाल्यो । २०८० साउन ३० गते दर्ता नम्बर ४६ मा पथरीशनिश्चरे नगरमा बिधिवत दर्ता भएर कार्य गर्दै आएको छ । अर्थात नगरमा पहिलो पटक संगिनी समूह दर्ता भएको छ । महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहका रुपमा प्रत्येक हप्ताको मंगलबार साँझ संगिनी प्रशिक्षण कार्यक्रम चलाएर युवा पुस्तालाई यसको संरक्षणमा झकझकाएको संस्थाकी अध्यक्ष देवीमाया पोख्रेलले जनाउनु भयो । संगिनी संरक्षणमा आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्ने मात्र होइन नजिकका विद्यालयमा गई विद्यार्थीलाई पनि संगिनीको महत्व बुझाएर समूह मौलिक संस्कृति संरक्षणको जाँगरिलो उदाहरण बनेको छ ।
समूहले यसअघि यसै वर्ष संगिनी प्रतियोगिताको आयोजना गरेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल