हाल काठमाडौं बस्दै आउनु भएका इलामका साहित्यकार एवम् प्राध्यापक डा. रमेश शुभेच्छु फेसबुकमा लेख्नु हुन्छ : ‘ गीता पौडेललाई मेरो उच्च सम्मान छ । विराटनगर उत्रने बित्तिकै धरानको गाडी चढेँ । इटहरी नजिक पुग्दा पैसा उठाउँदै गीता पौडेल दिदी आउनुभयो । गाडीको नाम निसान भगवती, गाडी नम्बर छ ९६६ । देखिने दिदीको काम कन्डकक्टरको । यथार्थमा यही गाडीकी गाडी मालिक । अरु दिदीबहिनीले यी दिदीको काम देखेर केही प्रेरणा लिऊन् ।’









