दमकको लागुऔषध नियन्त्रणमा दार्जीलिङका भुटियाको अनुभव

दमक, फागुन २९

भारतको दार्जीलिङका उत्प्रेरक वक्ता प्रिमउस भुटियाले आफ्‌नो जीवनमा लागुऔषधले पारेको असरका बारेमा बताउँदै लागुऔषधबाट बेलैमा बालबालिकालाई टाढा राख्नुपर्ने सन्देश प्रवाह गर्नुभएको छ ।

 

 

दमक नगरपालिका कार्यालयसँगको सहकार्यमा युथ लिडर्स नेपालले आयोजना गरेको लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले आफू पनि लागुऔषधको कुलतबाट निस्किएर लागुऔषधको कुलतमा रहेकाहरुलाई सचेत बनाउने अभियन्ताका रुपमा अघि बढेको अनुभव सुनाउनु भयो ।

 

 

उहाँले हिप्पी संस्कृतिको हस्तक्षेपले गर्दा आफू लागुऔषधको सिकार भएको अवस्था बताउँदै कसैको नराम्रो सिकोले जीवन वर्बाद हुने उहाँले उल्लेख गर्नुभयो । लागुऔषधले इज्जत, स्वास्थ्य, सम्पती र खुसी सबै खोस्ने बताउँदै यसबाट युवा पुस्ता टाढा रहँदामात्र सार्थक जीवन बन्ने उहाँको धारणा छ ।

 

दम

क नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले खुला सीमाका कारणले लागुऔषध कारोबारमा दमकको तथ्यांक बढ्दो रफ्‌तारमा रहेको दुःखको अवस्था दर्शाउनु भयो । दमकमा ४ वटा पुनस्थार्पना केन्द्र सञ्चालन भएकोमा त्यहाँ मानिसहरु खचाखच भएको र महिला केन्द्रमा समेत ३५ जना महिला रहेको उल्लेख गर्नुभयो । बालबालिकाले चाख्ने भन्ने हिसावले साथीभाईको लहैलहैमा लागेर ७० प्रतिशतको संख्या लागुऔषधको कुलतमा परेको जनाउँदै यसबाट मुक्त बनाएर सून्य सहनशीलतामा पुर्याउन नगरले कार्यक्रम अघि बढाइरहेको जानकारी गराउनु भयो ।

 

 

देशको भविष्य निर्माण गर्ने बालबालिकाले सानैदेखि सचेत बनेर लागूऔषधको विरामी परेकाहरुलाई बेलैमा उपचार गराएर समाजमा पुनर्स्थापित गराउनु आजको आवश्यकता भएको उहाँले सुनाउनु भयो ।

 

 

विद्यार्थीकालागि केन्द्रित सो कार्यक्रममा दमकका ३ वटा विद्यालयका माद्यमिक तहका विद्यार्थीलाई सहभागि गराएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप