होली पर्व : आज तराईमा मनाइँदै, श्रष्टा होली मिलनमा शब्द थिएटर

दमक, चैत १
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा मनाइएपछि आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । आज जनकपुरसहितका मिथिला क्षेत्रमा होलीलाई अझ उल्लासमय रुपमा मनाउने प्रचलन छ ।
होली पर्वका अवसरमा सरकारका विभिन्न ओहोदा व्यक्तिहरुले शुभकामना सन्देश दिँदै विकृत रुपले नमनाई आपसी सद्भाव कायम गर्ने पर्वको महत्वलाई आत्मसाथ गर्न आव्हान गरेका छन् ।

 

शब्द थिएटरको श्रष्टा होली मिलन
यसैबीच, होली पर्वका अवसरमा विभिन्न ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । जस अन्तर्गत मोरङको पथरी शनिश्चरेस्थित शब्द थिएटरले साहित्य र कला क्षेत्रका श्रष्टाहरुका सृजना प्रस्तुतिसहित श्रष्टा होली मिलन कार्यक्रमको आयोजना गरेको छ । स्थानीय साल्पा होटलमा हुने कार्यक्रमले होलीलाई सृजनात्मक बनाउने सन्देश दिने विश्वास लिएको थिएटरका निर्देशक जीवन बरालले जनाउनु भयो ।

 

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।

 

 

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

 

 

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । तर पछिल्ला समयमा शुद्ध रङ र अबिर पाउन समस्या हुँदा होली खेल्न विशेष सावधानी अपनाउनु पर्ने भएको छ । मिसावटयुक्त रङ र अबिरले छालालाई हानी गर्दछ ।

 

 

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय केहीमात्रामा सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । अन्यत्र पनि लोला हाल्ने र जबरजस्ती रङ दल्ने कार्यलाई प्रहरीले निरुत्साहित पार्ने क्रम बढाउँदै आएपनि विकृतपूर्ण अवस्था नियन्त्रणमा आइसकेको देखिदैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्