पूर्वविशिष्टलाई दिइने सुविधा तयारीको चौतर्फी विरोध

दमक,चैत्र १
पूर्वविशिष्ट पदाधिकारीलाई राज्य ढुकुटीबाट सुविधा दिने कानुन बनाउन सरकार अग्रसर भएको समाचार बाहिरिएपछि अहिले त्यसको चौतर्फी आलोचना हुन थालेको छ ।
पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन मासिक भत्ता, घर भाडा/घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका आजीवन सुविधा दिने गरी कानुनको मस्यौदा बनाउने समाचार आज बिहान सार्वजनिक भएको थियो ।
त्यसपछि सामाजीक सञ्जालमा यसको समर्थन भन्दा धेरै टिकाटिप्पणी र आलोचना भएको छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिनुभएको छ ।

सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक ल्याउने तयारी गरेको भन्दै उनले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिनुभएको हो ।

 

नेपाली कांग्रेसका सांसद खतिवडाले सामाजिक सञ्जाल एक्समा लेख्दै ‘राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा’ आवश्यक छैन ।’ भन्नु भयो ।

 

‘पूर्वविशिष्टलाई आजीवन सुविधा रु यो बेमौसमी बाजा बजाई राम्रो हुन्न,’ उहाँले लेख्नुभयो ‘सरकार राम्रो काम गर । यस्ता कार्य बन्द गर ।’ सरकारले गर्न लागेको यो कामको नागरीक स्तरमा पनि चर्को आलोचना भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावितको सेवामा काठमाडौं महानगरका ७ एम्बुलेन्स परिचालन : सुनिता डंगोल

काठमाडौं , भदौ १४ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती दिनदेखि नै महानगरले आवश्यकता अनुसार फिल्डमै पुगेर सहजीकरण, सहयोग र हातेमालो गर्दै

बाढीपीडितका नाममा जथाभावी सहयोग नउठाउन प्रशासनको चेतावनी

झापा, भदौ १४ । रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ

नेपालमा भारतीय फरेन्सिक टोली परिचालन, केका लागि आयो टोली?

काठमाडौँ , भदौ १४ । भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धारमा विदेशी टोली परिचालन

काठमाडौं ,१४ भदौ। भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धारका लागि विदेशी उद्धार टोली पनि परिचालन गरिएको छ। नेपाली सेना,

लाङटाङ केरूङभोटेकोशी बाढी : उद्धारमा ढिलाइ, ७३५ जनाको मृत्यु, २ हजार ४३६ अझै बेपत्ता

काठमाडौं ,१४ भदौ। भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखा जिल्ला

भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् ।