माओवादी र राप्रपाबिच झडप हुने स्थिती, पूर्वराजालाई प्रचण्डले मूर्तिचोर भनेपछिको तरङ्ग

दमक, चैत्र २ / माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा तथा मूर्तिचोरको आरोप लगाएको भोलिपल्ट शनिबार हेटौंडामा उनको तस्बिर जलाइएको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्बिर जलाइएको हो ।

जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम पलाँताले प्रचण्डको तस्बीर जलाएका हुन् । बोल्दाबोल्दै उनले प्रचण्डको तस्बिर जलाएका थिए ।

राप्रपाले भने प्रचण्डको मेलम्ची अभिव्यक्तिको ‘साइड इफेक्ट’को रुपमा उनको तस्बिर जलाउनुपर्ने कारण बनेको व्याख्या गरेको छ । शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा भएको सभालाई सम्बोधन गर्दै राजतन्त्रप्रति कडा टिप्पणी तथा पूर्वराजालाई भाइमारा र मूर्तिचोर को हो भनेर सोध्नुभएको थियो ।

प्रचण्डको तस्बिर जलाएपछि युवा नेता पलाँताले सामजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भन्नुभएको छ, ‘प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनुभएको छैन होला नि भनेर सन्देश दिएको छु । मूर्ति चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनुभयो ।’

गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले पोखराबाट एउटा भिडियो सन्देश जारी गर्दै आफू सक्रिय हुन लागेको सन्देश दिएपछि उत्साहित राजावादीहरुले फागुन २५ गते उनी काठमाडौं फर्कंदा भव्य स्वागत गरेका थिए ।

उक्त घटनापछि नेपालमा अहिले राजावादी र गणतन्त्रवादीबीच आरोपप्रत्यारोप चलिरहेको सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रमको मञ्चमै प्रचण्डको तस्बिर जलाइएको छ ।

राप्रपाका युवा नेता कार्यकर्ताले कार्यक्रमकै बीच पार्टी अध्यक्ष प्रचण्डको तस्बिर जलाएको घटना निन्दनीय रहेको भन्दै गणतन्त्रमा यस्ताखाले क्रियाकलापको सशक्त प्रतिकार हुने वाईसीएल मकवानपुरले प्रतिक्रिया दिएको छ ।

पछिल्लो समय केही सङ्ख्याका राजवादीहरुले मरिसकेको राजालाई मसानघाटबाट फिर्ता ल्याउँछु भन्ने दिवा सपना देखिरहेको बताउँदै वाईसीएल मकवानपुरका अध्यक्ष लवराज ठकुरीले त्यस्ता सपनाहरु सपनामा मात्र सीमित हुने बताउनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,