क्याम्पसको आन्तरिक आम्दानी वृद्धि गराई विद्यार्थीको शिक्षामा लगानी बढाउने उद्घोष

दमक, चैत्र २ / आसन्न स्ववियुको निर्वाचनमा उम्मेदवारहरुले विभिन्न घोषणा गरिरहेका छन ।

चुनाबलाई आफ्नो पक्षमा पकड बनाउन विद्यार्थी मैत्री नारा र घोषणाहरु उम्मेदवारहरुले सार्वजनिक गरिरहेका छन ।

यहि क्रममा दमक स्थित बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट उम्मेदवार बन्नु भएका अध्यक्ष निशम अधिकारीले क्याम्पसको आन्तरिक श्रोत वृद्धि गराउदै त्यसबाट प्राप्त आम्दानी क्याम्पसको गुणस्तरीय शिक्षामा लगानी बढाउन पहल गरिने बताउनु भएको छ ।

उज्यलो खबरसगको छोटो संवाद गर्दै अध्यक्ष पदका उम्मेदवार अधिकारीले भन्नू भयो ” क्यामपस सामुदायिक स्तरबाट सन्चालित क्याम्पस हो । यहा समुदायको निरन्तर सहयोग आई रहन्छ । ” बिगत बारे स्मरण गराउदै उहाले भन्नू भयो ” दमकमा रहेको मालपोत कार्यालयले एउटा जग्ग नामसारी गर्दा एक सय रुपैया क्याम्पसलाइ छुट्याउने गरेको थियो जुन अहिले रोकिएको छ, हाम्रै पहलमा यसलाई निरन्तर आउने बनाउने छौ, साथै दमकमा अन्य क्षेत्रहरु जस्तै ताराबारी ढाट, पशुहाट जस्ता अधिक राजस्व संकलन हुने ठाउबाट नियमित सहयोग आउने वातावरण सृजना गराउने छौ ”

यसरी सकलन भएको श्रोतलाई कलेजमा अध्यनरत बिद्यार्थीको गुणस्तरीयतामा लगानी गराउन आफुहरुले प्राथमिकताका साथ काम गर्ने उहाले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा