बारिस्ता तालिम सिक्नेलाई उद्यमी बनाउने वडाको योजना

दमक, चैत ४
झापाको दमक नगरपालिकामा विभिन्न सीपमूलक कार्यक्रम सञ्चालनका क्रममा वडा नम्बर ६ ले कफि बनाउने ‘बारिस्ता’ तालिम लिनेकालागि उद्यमशीलतामा सघाउने भएको छ ।

 

१ महिने बारिस्ता तालिमको सोमबार समापनका अवसरमा बोल्दै दमक ६ का अध्यक्ष टेकबहादुर थापाले युवाहरुलाई स्वरोजगार बन्नकालागि बारिस्ता तालिम प्रदान गरिएको जनाउनु भयो । तालिमलाई भरपुर सदुपयोग गर्न अनुरोध गर्दै उहाँले वडाले उद्यमशीलताकालागि केहीलाई सहयोग पुर्याउने समेत बताउनु भयो ।

 

कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्राविधिक ज्ञान लिनु आजको आवश्यकता भएको कुरालाई महसुस गर्दै त्यसमध्येको एक बारिस्ता पनि रहेको जनाउनु भयो । उहाँले बारिस्ता सिक्नेहरुकालागि रोजगारीको अवसर रहेकाले त्यसमा मेहनतकासाथ काम गर्न अनुरोध गर्नुभयो ।

 

तालिम लिनेहरुले समेत बारिस्ताको धेरै कुरा सिक्न पाएको र आफूले केही गर्ने इच्छा जगाएको मनन् गरेका छन् । त्यसमध्येकी बन्दना रिमाल दंगालले अझै केही कुरा सिकेर व्यवसायिक हिसावले अघि बढ्न सकिने जनाउनु भयो ।

 

तालिम समापनका अवसरमा कार्यपालिका सदस्य विणाकुमारी साह, कमला बस्नेत खाती, वडा सदस्य कमलकुमार श्रेष्ठ र डेन्जोङ शेर्पाको उपस्थिती रहेको थियो ।
सो अवसरमा, तालिममा सहजीकरण गर्ने संस्था ग्यारेज बारिस्ता स्कुल दमकका छत्रविक्रम कुलुङलाई प्रशंसापत्र र सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
वडा कार्यालयको १ लाख ५० हजार रुपैयाँको बजेटमा माघ २० देखि तालिम सञ्चालन गरिएको वडा सचिव प्रकाश घिमिरेले जनाउनु भयो । तालिममा १६ जनाको सहभागिता रहेको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिहे र कोरियाको राजदूत बन्ने सपना देखाएर करोडौं ठगी : खतिवडाविरुद्ध जाहेरी

काठमाडौं ,१९ भदौ। महिलाहरूसँग बिहे गर्ने भनेर पारिवारिक र आत्मीय सम्बन्ध बनाउँदै ठगी गर्ने ‘फिल्मी हिरो’ डम्बर भन्ने सञ्जय खतिवडाविरुद्ध थप जाहेरी दर्ता भएको छ

बाढीपीडितको उद्धार र राहतका लागि रामेछापका चार पालिकाको ऐक्यबद्धता

रामेछाप ,१९ भदौ। गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति

दमकको हंसे दुम्से वनमा चुनाव, अध्यक्षमा दंगाल र दुलाल भीड्दै

दमक, १९ भदौ । दमकमा रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितीमा लामो रस्साकस्सी पछि चुनाव हुने निश्चित भएको छ।निर्वाचन तालिका अनुसार आइतबार हुने निर्वाचनका

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी