प्रहरीमा पहिलोपटक स्टाफ कोर्सको प्रवेश परीक्षा

नेपाल प्रहरीमा सत्ता र शक्तिको आडमा बढुवा हुने प्रवृत्तिको अन्त्य हुदै

दमक, चैत्र ८/  नेपाल प्रहरीमा पहिलोपटक स्टाफ कोर्सको प्रवेश परीक्षा सुरु भएको छ। २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भइसकेका र इन्सपेक्टरमै रहेका गरी १३० जना पहिलो दिनको परीक्षामा सहभागी भएका छन्।

पहिलो दिन त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले तयार गरेका व्यवस्थापन विषयमा परीक्षा सञ्चालन भएको स्टाफ कलेजका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. मनोजकुमार केसीले जानकारी दिनुभयो ।
अब शुक्रबार, शनिबार र आइतबार प्रहरीको स्टाफ कलेजले नै तयार गरेका विषयमा परीक्षा सञ्चालन हुने छ। अब प्रहरीसँग सम्बन्धित विषयवस्तु मात्रै हुनेछन्। परीक्षामा भने त्रिविका अधिकारीहरू पनि सहभागी हुनेछन्।

 

स्टाफ कलेजको प्रवेश परीक्षामा सहभागी हुनका लागि प्रहरी निरीक्षकमा भर्ना भएको १० वर्ष पूरा हुनु पर्ने प्रस्तावित विधेयकमा व्यवस्था छ। २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबाट पहिलोपटक नेपाल प्रहरीमा स्टाफ कलेजको सुरुवात भएको हो।

स्टाफ कलेज अध्ययन गर्नका लागि चारवटै प्रश्नपत्रमा उत्तीर्ण हुनुपर्ने छ। हरेक प्रश्नपत्र १०० पूर्णांकका हुनेछन् र कम्तीमा ४० अंक ल्याउनुपर्नेछ।

अन्तिम नतिजा भने चारवटै प्रश्नपत्रको परीक्षापछि मात्रै प्रकाशन गरिने निर्देशक केसीले बताउनु भएको छ । उहाँका अनुसार चारवटै विषयमा उत्तीर्ण मध्येबाट बढी अंक ल्याउने ३५ जना स्टाफ कोर्सका लागि छनोट हुनेछन्।

५ जनालाई वैकल्पिक सूचीमा राखिनेछ। छनोट भएका ३५ जनामा कोही सहभागी हुन नसकेमा वैकल्पिक सूचीबाट सहभागी गराइनेछ।
स्टाफ कोर्सको परीक्षा तीन सेमेस्टरमा सञ्चालन हुनेछ। स्टाफ कोर्स अध्ययन गर्ने अधिकारीहरूले जुन परीक्षामा अनुत्तीर्ण भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन मौका पाउनेछन्।

 

अब स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्न पाउने छैनन्। एसपी र एसएसपीमा पनि स्टाफ कलेज गरेका र नगरेकाको लागि छुट्टै कोटा तोकिएको छ।

 

स्टाफ कलेज गरेका ६० प्रतिशत र नगरेका ४० प्रतिशत डीएसपी एसपीमा बढुवा हुनेछन्। तर एसपीबाट एसएसपीमा बढुवा हुँदा स्टाफ कलेज नगर्नेका लागि कोटा कम हुनेछ।

 

पुलिस लिडरसिप एन्ड स्टाफ कलेजको व्यवस्थापन समितिको बैठकले गत पुसमै पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली–२०८१ र पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रवेश परीक्षा कार्यादेश–२०८१ स्वीकृत गरेको थियो । त्यससँगै यसको कार्यान्वयन अगाडि बढेपनि परीक्षामा सहभागी हुनुु पर्नेहरू नै सर्वोच्च पुगेपछि अन्योल भएको थियो।

 

स्टाफ कलेज कार्यान्वयनमा आएसँगै सत्ता र शक्तिको आडमा बढुवा हुने प्रवृत्तिको अन्त्य हुने विश्वास प्रहरीको छ। अहिले प्रहरीमा व्यावसायिक र दक्ष अधिकारीलाई नेताका निकटहरूले चाकडीको भरमा पछि पार्ने गरेका छन्।

 

तर उच्च तहमा पुग्न स्टाफ कलेजलाई अनिवार्य गर्दा बढुवा पारदर्शी र पूर्वअनुमानयोग्य हुने छ। यसपटक प्रवेश परीक्षामा अनुत्तीर्ण हुनेहरू र २०७० सालपछि प्रहरी निरीक्षकमा भर्ना भएका र सेवा अवधि १० वर्ष पूरा भएकाहरू अर्को वर्षको परीक्षामा सहभागी हुन पाउनेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,