घन्टौं लाग्ने उपचार अव क्षणभरमै

नेपालमा स्वास्थ्य क्षेत्रमा प्रविधिको विकासको फड्को

दमक, चैत्र ८/  पछिल्लो समय प्रविधिमा आइरहेको विकासले हरेक क्षेत्रमा काम गर्न निकै सहज र छिटो भइरहेको छ। अझै स्वास्थ्य क्षेत्रमा प्रविधिको विकासका कारण उपचार तथा रोगको पहिचानमा धेरै नै फाइदा भइरहेको चिकित्सकहरु बताउँछन्।

 

प्रविधिको विकासले विगतमा घन्टौं लाग्ने उपचार र स्वास्थ्य जाँचका लागि केही सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भइरहेको छ। शरीर भित्रका अंगहरुको रोग पहिचानका लागि तथा रोगकै उपचारका लागि ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको समेत अहिले लगभग अन्त्य जस्तै भइसकेको छ।

कतिपय अवस्थामा औषधि तथा तथा प्रविधिको सहयाताले घाउ नै नबनाई तथा शल्यक्रिया नै नगरी रोगको पहिचान तथा उपचार भइरहेको छ भने विगतमा ठूलो घाउ बनाउनु पर्ने स्थानमा अहिले सानो प्वाल मात्र बनाएर पनि उपचार हुन थालेको छ।

 

प्रविधिमा आइरहेको विकासका कारण उपचार छिटो र सहज मात्र नभएर थप गुणस्तरीय समेत भइरहेको चिकित्सकहरु बताउँछन्। विकसित देशमा आएका नयाँनयाँ प्रविधिहरु नेपालमा छोटो समयमा नै आइपुग्ने र उपचारको क्षेत्रमा ठूलो सहयोग गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की बताउनु हुन्छ ।

नेपाल स्वास्थ्य प्रविधिको प्रयोगका हिसाबले अगाडि नै रहेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्। अत्याधुनिक मानिएको रोबोटिक सर्जरीदेखि विश्व बजारमा भित्रिएका नयाँ प्रविधिको प्रयोगसम्म नेपाल अगाडि नै रहेको जानकारहरुको भनाई छ ।

 

नेपालमा विश्वमा उपलब्ध सबै प्रकारका उपचार प्रविधि र जनशक्ति उपलब्ध हुँदाहुँदै पनि नयाँ प्रविधि महँगो हुँदा निरन्तरतामा भने चुनौती थपिएको स्वास्थ्य क्षेत्रका जानकारहरुको चासो र चिन्ता छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा