दमक, चैत ९
युटर्न कम्पनीले कम्पनीका अभियन्ताहरुलाई सुनसरीको इटहरीमा आयोजित कार्यक्रमकाबीच सम्मानित गरिएको छ ।
स्वास्थ्य र समृद्धिका लागि युटर्न भन्ने नाराकासाथ सञ्चालित कम्पनीले इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कम्पनीका ६ स्टार लिडरसहितलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा कोर टिम संयोजक हरिश्चन्द्र पौडेल, कम्पनीका सीइओ मोटिभेटर डा. रविन कटवालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको युटर्न विराटनगरकी पवित्रा गौतमले जनाउनु भयो । नेटवर्कको माध्यमबाट स्वास्थ्यवद्र्धक सामग्रीको व्यवसायमा कम्पनी लागिपरेको छ ।


