कालोपत्रे सडकको बीचमा रुख, बल्ल भयो हटाउने निर्णय

दमक, चैत ११
यो झापाको दमक ३ स्थित बेलडाँगी चोकको दृष्य हो । यो दृष्यमा तपाईहरुले के कुरामा केन्द्रित भएर यो यो फोटो हेर्नुभयो होला ? सबैले सडकको बीच भागको रुखनै फोटोको केन्द्रविन्दु ठहर गर्नुभयो होला । हो साँच्चै नै ग्राभेल सडकको बीच भागमा रुख छ ।

 

बेलडाँगी चोक भन्दा केही पश्चिम बाघखोर चोक पश्चिममा त अझ कालोपत्रे सडकै बीचमा पर्छ रुख । किन यो यसरी सडक बनाइयो होला ? जिज्ञासा उत्पन्न नहुने त कुरै भएन । त्यो बेला सडक निर्माण गर्दा रुख हटाउन मिल्ने कानुनी अवस्था थिएन । वर्षौंदेखि सडकको बीच भागमा परेका यी रुखहरु हटाउन मिल्ने आदेश सरकारको मन्त्री परिषदबाट यसबेला बल्ल आएपछि अब यी रुख सडकको बीचमा जोखिमको बस्तु बनेर नबस्ने भएका छन् ।

 

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सो सडक क्षेत्रका सडक क्षेत्रमा परेका रुखहरु कटानको आदेश भएपछि सोमबारबाट कटान थालिएको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकको अगुवाईमा सब डिभिजन वन कार्यालय दमक र स्थानीय जनप्रतिनिधिको सहभागिताबीच बेलडाँगी १ बाट त्यस्ता रुखको कटान थालिएको हो । कटान कार्यमा सहभागि दमक ३ का वडाअध्यक्ष नवीन बरालले सडकको बीचमा रहेर भाइरल बनेको रुख सहित दमकतर्फ ४७ वटा रुख काटिने बताउनु भयो । ‘त्यो बेला सडक कालोपत्रे गर्नेसम्मको योजना भयो । एउटा रुखले पुरा सडक निर्माण त रोक्नु भएन । बरु रुख भएको ठाउँ छोडेर कालोपत्रे गरियो । ग्राभेल क्षेत्रमा अरु रुख पनि बीच सडकमै परेका थिए ।’ वडाध्यक्ष बरालले भन्नुभयो ‘रुख काट्ने कानुनी अधिकार नभएपछि त्यसै रहेको अवस्थामा अहिले बल्ल आदेश आयो ।’

 

सो सडक योजना ठेक्का लागेको ३ वर्ष भइसकेको छ । मन्त्री परिषदको रुख कटानको आदेश समयमै नहुँदा बल्ल सडकको क्षेत्राधिकार व्यवस्थित बनाउने काम अघि बढ्दैछ । धरान, केराबारी, लेटाङ, मधुल्ला र दमकमा गरी ७ हजार ७ सय रुख कटानको आदेश आएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख कर्णसिंह खत्रीले जनाउनु भयो । उहाँले दमकभन्दा पूर्वतर्फका रुख कटानको आदेश आउन बाँकी रहेको जनाउनु भयो । उहाँले रुख कटान अघि योजनाको ७० प्रतिशत काम सकिएको जनाउँदै अबको १ वर्षमा सम्पूर्ण काम सम्पन्न हुने उल्लेख गर्नु भयो ।

राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आठ किलोमिटर सडक हाल निर्माणाधीन छ । सो खण्डमा ३७ वटा पुल छन् । वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको थियो ।
झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४ दशमलव ५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्दछ । वनको ५१ हेक्टर जग्गामा १३ हजार आठ सय ३४ वटा रुख कटान गर्नुपर्ने देखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ