प्रधानमन्त्रीकै गृहजिल्लामा जनसभा हुँदै

सत्ताको प्रमुख दल सडकमा आउँदै

‘सरकारले राम्रा काम गरिरहँदा पनि चौतर्फी आलोचना र विरोध मात्रै भइरहेकोले आम जनतालाई त्यसको खास सत्य तथ्य बुझाउन जनप्रर्दशन सहितको आमसभा गर्न परेको हो ।’

 

दमक, चैत १४/ सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले आफैं सडकमा आउने भएको छ । जनप्रर्दशन सहित यही चैत ३० गते दमकमा प्रदेशस्तरीय जनसभाको आयोजना गरिएको छ । जसको प्रमुख वक्ता प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहनु हुने छ ।

पार्टीले अहिले चलाएको जरा केन्द्रित अभियान अन्तर्गत दमकमा जनसभा गर्न लागिएको नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो ।

आज दमकमा प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राईले भन्नुभयो ‘सरकारले राम्रा काम गरिरहँदा पनि चौतर्फी आलोचना र विरोध मात्रै भइरहेकोले आम जनतालाई त्यसको खास सत्य तथ्य बुझाउन जनप्रर्दशन सहितको आमसभा गर्न परेको हो ।’

कोशी प्रदेशभरिबाट न्यूनतम एक लाख जनालाई सो सभामा सहभागी गराइने योजना बनाइएको छ । पार्टी र जनवर्गीय संठनका तल्लो कमिटीदेखि प्रदेशसम्मका सबै पदाधिकारी र सदस्य तथा भुगोलमा रहेका उपल्लो कमिटिका सबै नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रममा सक्रिय सहभागिताकालागि उर्दी जारी गरिएको छ । अहिलेको देशको परिस्थिती र त्यसको निकास सहितको सम्बोधन रहेकाले आफुले सत्य तथ्य बुझी आम नगरिकमा सचेतना बढाउन सबै कार्यकर्ताहरुलाई अपिल गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,