योजना आयोगको नयाँ अभ्यास

अव गोजीबाट होइन, ‘वैंक’ मार्फत छानिन्छन् विकास आयोजना

सरकारी अवधारणाको ‘ आयोजना वैंक’ भित्र सबै स्थानीय तह, प्रदेशसभा सदस्य, नागरिक समाज र स्थानीय संघ–संस्थालाई सामेल गरेर योजनाहरुको लामो सूची तयार हुँदैछ ।

विर्तामोड, २१ चैत—विकास आयोजना कसरी छनोट हुन्छन् ? ती आयोजनाहरुका लागि वजेट विनियोजन गर्दा कस्ता विधि अपनाइन्छन् ? आम मानिसका लागि चासोको विषय भए पनि यो प्रक्रियाबारे कमैमात्र जानकार छन् ।
अहिलेसम्मको ‘विकासे विधि’ले आम नागरिकलाई छुन सकेकै छैन ।

अझ भनौं सत्ताधारी केही नेताबाहेक तल्लो तहका राजनीतिक नेतृत्वसमेत विकास प्रक्रियामा समावेश हुन पाउँदैनन् । सरकारी रुटिनअनुसारको वजेट भाषण सुनेर आफ्नो ठाउँमा यी यी योजना परेछन् भन्नुबाहेक आम नागरिकको भागमा विकासे ज्ञान पुग्नै सकेको छैन । यो अज्ञानताको फाइदा लिंदै मुठीभरहरुले राज्यको ढुकुटीमा व्रम्हलुट मच्चाउने मौका पाएका हुन् ।

विकासका नाममा हुने अनियमिताता र नेताहरुको मनमौजी रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जारी गरेको ‘फर्मान’ ले अव केही सुधार हुने संकेत देखिएको छ । यसका लागि सरकारी अवधारणाको ‘ आयोजना वैंक’ भित्र सबै स्थानीय तह, प्रदेशसभा सदस्य, नागरिक समाज र स्थानीय संघ–संस्थालाई सामेल गरेर योजनाहरुको लामो सूची तयार हुँदैछ । प्रदेशस्तरका योजना आयोगहरु अहिले यो काममा जुटेका छन् ।

यही मेसोमा कोशी प्रदेश योजना आयोगले हालै सञ्चालनमा ल्याएको आयोजना वैकले प्रदेशको विकास योजना व्यवस्थापनमा नयाँ अभ्यास प्रस्तुत गरिरहेको छ । यस प्रणालीमार्फत अब लागू हुने सबैखाले विकास आयोजनाहरू व्यवस्थित रूपमा अभिलेख राख्दै, तिनको अनुगमन तथा मूल्यांकन गर्ने आयोगको कार्यसूची छ ।

यसअघि योजना आयोगले वजेट आउने अघिल्लो दिनसम्म नेताहरूको दबाबमा विकास आयोजनाहरू छनोट गर्ने तथा तिनलाई वजेट विनियोजन गर्ने प्रचलन रहेको थियो । प्रायःजसो नेताहरू विकास आयोजनाका लागि चिट लिएर अर्थमन्त्रीकहाँ पुग्ने गर्थे । यो प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको कमी देखिन्थ्यो भने ठूला र महत्वपूर्ण योजनाहरूसमेत व्यक्तिगत लाभका आधारमा चयन गरिन्थे ।

कोशी प्रदेशको योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारी आयोजना वैक सञ्चालनमा आएपछि यो पुरानो प्रथा पूरै अन्त्य हुने दाबी गर्नुहुन्छ । आयोजना वैकको प्रमुख उद्देश्य भनेको योजनाहरूलाई व्यवस्थित रूपमा संकलन, अनुगमन र मूल्यांकन गर्नु हो । यस प्रणालीले सम्पूर्ण विकास आयोजनाहरूलाई एउटै ठेगानमा राख्न मद्दत पु¥याउनेछ ।

 

आयोजना वैक सञ्चालनमा ल्याउन प्रदेश सरकारको तर्फबाट योजना आयोगले विस्तृत प्रक्रिया तयार पारेको छ । यस प्रणाली अन्तर्गत प्रदेशका सबै मन्त्रालयहरू तथा सम्बन्धित निकायहरूले आफ्नो क्षेत्रका आयोजनाहरूलाई अनलाइन प्रणालीमार्फत दर्ता गर्नुपर्नेछ । तिनको प्राथमिकता निर्धारण, बजेट विनियोजन तथा कार्यान्वयनको अवस्था सबै विवरण अनलाइनमै अभिलेख राखिनेछ । अधिकारीको दाबा छ – ‘अब नेताहरूले व्यक्तिगत दबाबका आधारमा योजनाहरू पारित गराउन सक्ने छैनन् ।’

आयोजना वैकको नयाँ अभ्यासले विकास योजनाहरू दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने छ । यसले समग्र विकास प्रक्रियालाई पारदर्शी, जवाफदेही र सुसूत्रीकरणतर्फ डो¥याउने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको