पानीजहाजमा राज्यको दोहन

पानीजहाजका नाममा करोडौ खर्च, सरोकारवाला र व्यवसायी नै बेखबर

पानी जहाज कार्यालय खोलिएको ६ वर्षयता त्यसका नाममा ११ करोड ६६ हजार ५ सय ९ रुपैयाँ खर्च

सुनसरी, ४ बैशाख/      मध्यबर्खा लाग्न २ महिना बाँकी छ । सप्तकोसी नदीमा सञ्चालित बोटले पनि अबको २ महिना व्यापार गर्छन् । व्यवस्थित जलमार्ग नहुँदा यात्रुले अनेक कठिनाइ भोग्नु परेको छ । नियामक निकायले जलमार्ग निर्माण गर्न ध्यान दिएकै छैन ।

‘जलमार्ग बनेन’ व्यवसायी गुनासो गर्छन् । तर पानी जहाज कार्यालय खोलिएको ६ वर्षयता त्यसका नाममा ११ करोड ६६ हजार ५ सय ९ रुपैयाँ खर्च भएको छ ।विगत ६ वर्षमा विनियोजित १५ करोड २७ लाख ८० हजार रुपैयाँमध्ये ११ करोड बढी कोसी नदीमा आधारित जल पर्यटन र पानी जहाज कार्यालय स्थापना भएपछि पुँजीगत खर्च भएको छ ।

पानी जहाज सञ्चालन र विकासमा राज्यले करोडौं लगानी गरेको तथ्याङ्क देखिएको छ । तर कहिले, कतिबेला, कसरी लगानी भयो ? सरोकारवाला र व्यवसायी नै बेखबर छन् । लगानीअनुसार अहिले नेपाली नदीमा जेटबोटबाहेक अरू चलेको देखिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो न समुद्रमा न त नेपाली नदीमै पानी जहाज चल्ने सुरसार छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो