कसरी बचाउने माटो ?

घातक रासायनिक मल र विषादीको प्रयोग रोक्न ‘माटो नीति’ बनाउँदै कोशी प्रदेश सरकार ( भिडिओ )

प्राकृतिक स्रोतको रुपमा माटोको दीर्घकालीन संरक्षणको सवाल अहिले टड्कारो रुपमा खडा भएको छ ।

विराटनगर, ६ वैशाख । के तपाईंलाई आफ्नै खेतबारीको माटोको अवस्थाबारे कुनै जानकारी छ ? उत्पादन बढाउने होडमा जथाभावी रासायनिक मल र घातक विषादी प्रयोग गर्दा माटोमा रहेका सुक्ष्मजीवहरु नष्ट हुँदै गएको हेक्का त होला नि ?

आम नेपाली किसानले अहिलेसम्म नवुझेको कुरा हो—माटोको जीवन र मृत्यु । हरेक जीवित प्राणी र वनस्पतिको झै माटोको पनि जीवन हुन्छ र जथाभावी प्रयोग गरिने रासायनिक मल र विषादीले माटोका सुक्ष्मजीवहरु नष्ट पार्छ भन्ने कुरा किसानलाई वुझाइएको पनि छैन । जसका कारण माटोमाथि खुलेआम दोहन भइरहेको छ । प्राकृतिक स्रोतको रुपमा माटोको दीर्घकालीन संरक्षणको सवाल अहिले टड्कारो रुपमा खडा भएको छ ।

माटोमाथि खुलेआम भइरहेको दोहन रोक्न विकसित मुलुकहरु धेरै पहिलेदेखि सक्रिय भइसकेका छन् । माटो संरक्षणका लागि अमेरिकाले सन् १९३५ मै ‘स्वायल कन्जरभेशन सर्भिस’ स्थापना गरेको थियो । त्यसले त्यहाँको कृषि नीतिलाई मार्गनिर्देश गर्छ ।

छिमेकी देश भारतले पनि सन् २०१२ मै माटो स्वास्थ्य कार्ड सुरु गरेको थियो । जुन पछि गएर माटो नीतिमा रुपान्तरण भइसकेको छ । त्यस्तै अष्ट्रेलिया, युरोपेली संघजस्ता देश र निकायहरु पनि माटो संरक्षणका लागि पहिलेदेखि नै क्रियाशील रहेको विभिन्न तथ्यहरुबाट पुष्टि हुन्छ ।

नेपाल सरकारले भने अहिलेसम्म माटो संरक्षणको दीर्घकालीन योजना बनाउने तत्परता देखाएको छैन । यद्यपि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले माटो नीतिको खाका तयार पार्दै छ । मन्त्रालयका सचिव शरणकुमार पाण्डेका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा वजेटमार्फत् कोशीलाई प्राङ्गारिक प्रदेश घोषणा गर्ने दिशामा अघि बढ्ने योजना छ ।

के छ त माटो नीतिभित्र ? कहिलेदेखि र कसरी लागू हुन्छ यो नीति । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डेकै मुखबाट सुनौं ः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये