गाउँमा जागेको संस्कृति संरक्षणको हुटहुटी

नौमती बाजा संरक्षणमा पथरी शनिश्चरेका महिला

स्थानीय छिमेकी लाइनका महिलाहरुले लोकबाजा बजाएर गाउँमा छुट्टै सन्देश छर्दै रौनकता बढाएका छन् ।

पथरी, ८ बैशाख /
“दशैं र तिहार रमाइला हाम्रा चुट्का र ख्यालीले
हृदय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
बैंसको तालमा नाचौंला कहाँ मादलै नरहे,
नेपाली हामी रहौला कहाँ नेपालै नरहे“

राष्ट्रकवि माधवप्रसाद घिमिरेले माथिको कविताको पङ्तिमा भनेझैँ हाम्रो नेपाली धर्ती अनेकौं मौलिक कला संस्कृतिको अनुपम संग्रहालय हो ।
जन्म, विवाह र मृत्यु संस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग नेपाली पञ्चेबाजाको रौनकता जोडिएको हुन्छ ।
यस्तै, मोरङको पथरी शनिश्चरे वडा नं ३ को आदर्श टोलका पाथीभरा नौमती बाजा महिला समूह नै यस नगरमा पहिलो नौमती बाजा बजाउने महिलाहरूको समूहका रुपमा स्थापित भइसकेको छ ।

नेपालमा हिजो कुनै जात –जाति विशेषले मात्र बजाउने यी लोकबाजा स्थानीय छिमेकी लाइनका महिलाहरुले बजाएर गाउँमा छुट्टै सन्देश छर्दै रौनकता बढाएका छन् । समूहकी टोली नेता सीता भण्डारीले गएको मंसिर महिनामा आफ्‌नो समूहका साथीहरुले एक महिने नौमती बाजा बजाउन तालिम लिएपछि त्यसयता आफूहरु नौमती बाजा बजाउन व्यस्त बन्दै आएको जनाउनु भयो । सप्ताह महापुराण, शुभ विवाह, व्रतबन्ध, जस्ता शुभ कार्यहरूमा समूहलाई गाउँबस्तीमा बोलाउने गरिएको छ । त्यसमा दुईजना पुरुषसहित जम्मा १५ जनाको समूह संस्कृति संरक्षण र जगेर्नाका लागि निरन्तर लागि परिरहेको छ ।

पथरी शनिश्चरे वार्ड नम्बर ३ स्थित पाथीभरा नौमती बाजा महिला समूहको संयोजन गर्दै आउनु भएका श्रष्टा दीपक ढुङ्गाना दियालो जे काम गर्न पनि विभिन्न किसिमका बाधा व्यवधान आउने गरेको सुनाउँदै त्यसलाई चिरेर आफूहरु अघि बढिरहेको उल्लेख गर्नुहुन्छ । वडा नम्बर ३ मा रहेको देवी भजन किर्तन मण्डलीमा रहेको महिलाहरु मिलेर मौलिक संस्कृति जोगाउन तालिम समेत लिएर अघि बढेको प्रसंग उहाँले सुनाउनु भयो ।

समाजको एउटा महत्वपूर्ण सम्पदाका रुपमा रहेको संस्कृति लोप हुने हुँदै गएको सन्दर्भमा महिला समूहले नौमती बाजाको संरक्षण तथा सम्बद्र्धनमा लाग्नु महत्वपूर्ण पक्ष भएको स्थानीय खेम दाहालको ठहर छ ।

पथरी शनिश्चरे ३ का वडा अध्यक्ष विजय लिम्बुले मौलिक संस्कृति संरक्षण जोगाउनका लागि वडा कार्यालयले नौमती बाजा प्रशिक्षण गराएको बताउँनुभयो । उहाँले आगामी आर्थिक वर्षमा पनि पाथीभरा महिला नौमती बाजा समूहमा आवद्धलाई थप दक्ष बनाउन कार्यक्रम अघि बढाइने प्रतिवद्धता जनाउनु भयो ।

हाम्रा मौलिकता बोलेका सांस्कृतिक बाजागाजा संकटमा पर्दा हाम्रो पहिचान समेत संकटमा पर्ने हुन्छ । गाउँमा उठेको यसखाले जागरणको होस्टेमा सबैले मिलेर हैंसे गर्न अब ढिला नगर्ने हो कि ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय