चर्चा बहुतले बसपार्कको

दमकका मेयरलाई प्रश्नः तपाई बहुतले बसपार्कको ‘खिलाप’मा हो ?

यस क्षेत्रमा बहुतले बसपार्क सहित स्मार्ट सिटिको परियोजना बन्ने भन्ने छ । जसकालागी योजना आयोगले काम गरिरहेको छ ।

 

दमक, १६ बैशाख–   दमक नगरपालिकाका प्रमुख राम कुमार थापा सोमबार बिहान दमक स्थित बसपार्कमा भेटिनु भयो । उहाँ यस क्षेत्रमा बस पार्कमा देखिएका समस्याको पहिचान र समाधान गर्न भन्दा पनि यहाँ अर्को एउटा पार्क सिलान्यास गर्न आउनु भएको थियो ।

बसपार्कका पूर्व तर्फ जहाँ काँकरभिट्टा जाने बस लाग्छन् त्यसैको छेउमा थोरै खाली जमिन रहेको थियो । त्यहि जमिनमा नगर प्रमुखले बुद्धको मुर्ती बनाएर विस्वकर्मा बाबाको सानो मन्दिर बनाउन भन्दै सिलान्यास गर्न आउनु भएको थियो ।

यसरी बसपार्क भित्र अर्को पार्क बनाउन आउनु भएका नगर प्रमुखलाई उज्यालो खवरले प्रश्न गर्यो, यस क्षेत्रमा बहुतले बसपार्क सहित स्मार्ट सिटिको परियोजना बन्ने भन्ने छ । जसकालागी योजना आयोगले काम गरिरहेको छ । तर तपाईले यहि अर्को पार्क बनाउँदा राज्यको लगानी बालुवामा पानी हुँदैन ?

जवाफमा उहाँले बहुतले बसपार्क कहिले बन्ने अहिलेनै टुङ्गो नलागेपनि यसको निर्माणमा आफुहरुले पनि पहल गरिरहेको तर काम अघी बढिनरहदा दुख लागेको भन्दै यो पार्क बन्दा त्यस परियोजनालाइ खासै असर नपर्ने दावि गर्नु भयो ।

यस क्षेत्रमा १ अर्व ८० करोड रुपैँयाको लगानीमा बहुतले बसपार्क सहित सुविधा सम्पन्न स्मार्ट सिटि बनाउने योजनाको काम अघी बढिरहेको छ ।

९ तलाको बसपार्कका लागि डिपीआर निर्माण भइसकेको छ । सो बसपार्कमा ठूला सवारी साधन भुइँतलामा पार्किङ गरिने छ भने सो भन्दा माथिल्ला तलामा क्रमिक रुपमा कमभार क्षमताका सवारी साधनहरू पार्किङ गर्ने व्यवस्था गरिने छ। बसपार्कमा चौथो तलासम्म सवारी पाकिङ हुने र सो माथि सपिङ कम्प्लेक्स, रेष्टुरेन्ट, आराम स्थल, मनोरञ्जन स्थल लगायतका संरचना हुने बताइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा