शान्ति फैलाउने अभियानमा शान्ति किर्तन मण्डली

भजन किर्तन गरेर करोडौंको सम्पत्ति

पथरी शनिश्चरे, ६ जेठ / आध्यात्मिक सन्देश प्रवाह गर्ने माध्यमका रुपमा रहेको भजन किर्तन गरेर कति सम्पत्ति जोड्न सकिएला अनुमान गरौं त । हजारौं र अझ हुँदा लाखौं रकम जम्मा गर्न सकिएला । तर करोडौंको सम्पत्ति जोड्न सक्ने अनुमान सायद हामीले गरेका छैनौं होला ।

 

तर, मोरङको पथरी शनिश्चरे १ स्थित श्री शान्ति किर्तन मण्डलीले तपाईंको अनुमानलाई माथ खुवाएर भजन किर्तन गर्ने संस्थामध्ये देशकै नमुना संस्था बन्न पुगेको छ । अर्थात मण्डलीले भजन किर्तनका माध्यमबाट दुई करोड हाराहारीको सम्पत्ति जोड्न सफल भएको उदाहरणीय पक्ष छ । किर्तन गरेको रकम, किर्तन मण्डलीका सदस्यहरुबाट संकलित सहयोग र सदस्य बाहिरबाटको केही सहयोगबाट ०७१ सालमा साढे १८ लाखमा साढे ९ धुर जग्गा किनेर भवन निर्माणको योजना अघि बढ्यो । त्यसपछि उसैगरी सहयोग जुटाउँदै क्रमिक रुपले बनाउँदै लगेको भवन हाल ३ तले भएको छ र, हालसम्म त्यसमा लागेको खर्च हिसाव गर्दा १ करोड हाराहारी रहेको कोषाध्यक्ष तोयानाथ ढकालले वेलिविस्तार लगाउनु भयो । ‘पहिले किर्तन समूहले यस्तो काम गर्ला भन्ने सोचेकै थिएनन् । यो खाले काम किर्तन मण्डलीबाट गरेको देखेर अरु छक्क परेका छन् ।’– उहाँले भन्नुभयो ।

 

 

भजन किर्तनको माध्यमबाट भगवानप्रति भक्तिभाव दर्शाउँदै मन शान्त पार्न र नैतिकताको सन्देश दिन ०६० सालमा माधव सुवेदीको अगुवाईमा किर्तन मण्डली खडा भई ०६३ सालमा दर्ता भयो । जसले समाजमा शान्ति, सद्भाव र आध्यात्मिक सन्देश प्रवाह गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामाजिक अगुवाहरुको ठहर छ । संस्थाको सोमबार सम्पन्न २२ औं स्थापना दिवसको कार्यक्रममा सहभागिले संस्था देशकै नमुनाका रुपमा अघि बढेको खुसीको मन्तव्य व्यक्त गर्नुभयो ।

 

झापाको दमकबाट सदस्य बन्नु भएका राजु खड्का किर्तन मण्डलीको प्रभाव देखेर भन्नुभयो ‘दुई रुपैयाँको काम गर्न चार रुपैयाँको घुस खुवाउनु पर्ने परिवेशमा पारदर्शी रुपमा यत्रो काम गर्नु ज्यादै ठूलो कुरा हो । म यो कामप्रति नमन गर्न चाहन्छु ।’

 

सुरुको अवस्थामा किर्तन मण्डलीको कामलाई यत्तिकैको एकछिनको रहरका रुपमा स्थानीयले टिप्पणी समेत गरेको अवस्था थियो । तर विशेषगरी महिला वर्गले चाड पर्वमा समेत किर्तन मण्डलीको काममै मरिहत्ते गरेर संस्थालाई यो अवस्थाको सफलता हाँसिल गराउन सफल भएकोप्रति वडा सदस्य सुरेश कार्कीले भावुकतापूर्वक प्रशंसा गर्नुभयो । उहाँले संस्थामा सबैभन्दा सक्रिय भूमिका निर्वाह गर्नेहरुलाई व्यक्तिगत तबरले सम्मानित गर्न भ्याउनु भयो ।

 

किर्तन मण्डलीको भूमिका समाजमा शान्ति सद्भावको आधारस्तम्भ बनिरहेको ठहर छ सामाजिक अगुवा तुलसीराम ढकालको । उहाँले नगरका सवै किर्तन मण्डलीलाई एकत्रित गर्दै धार्मिक समन्वयको काम शान्ति किर्तन मण्डलीले गर्नुपर्ने अपेक्षा समेत राख्नुभयो ।

 

नैतिकता हराउन थालेको समाजमा नैतिकता सिकाउने पाठशालाका रुपमा किर्तन मण्डली अघि बढेको पंण्डित केवलकृष्ण अधिकारीको पनि बुझाई छ । योसँगै बालबालिकालाई पनि साथै राखेर प्रशिक्षणका रुपमा सांस्कृतिक र नैतिक शिक्षा प्रदान गर्नु संस्थाको अवको काम भएको उहाँको सुझाव छ ।

 

संस्थाले आफ्‌नो कामलाई सक्रियतापूर्वक मात्र नभई पारदर्शी रुपमा अघि बढाउने कामले सबैको विश्वास जित्दै गएको अवस्था छ । ज्येष्ठ सदस्यहरुको टिर्थाटन र सम्मान कार्यक्रम संस्थाको आकर्षक कार्यक्रममा पर्छ । वार्षिक उत्सवमा पनि ३० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गर्दै ज्येष्ठ नागरिकको आत्मिय सहारा बनेको छ । आफ्‌नी आमाको स्मरणमा संस्थाका कोषाध्यक्ष तोयानाथ ढकालले मात्रै छुट्टै २ जना ज्येष्ठ आमालाई सम्मानित गर्नुभयो । साथै किर्तन मण्डलीका सदस्य दुर्गादेवी दंगाल, तुलसीराम ढकाल, खेम ढुंगेल पथरी क्याम्पसको सञ्चालक सदस्य र मोहन श्रेष्ठ लेखा समिति संयोजकमा निर्वाचित भएकोमा दोसल्ला ओढाएर सम्मानित गरियो ।

 

संस्थाको आध्यात्मिकताको प्रवद्र्धनका खातिर गरिएका कार्यक्रममा जोडिनेहरु बढिरहेका छन् । हालसम्म सदस्यको संख्या १ हजार २ सय पुगेको छ । अब संस्थाले सदस्यको परिवारमा मरिमराउ पर्दा समवेदना दिन जानेसहितका कार्यका लागि अक्षयकोषको योजना अघि बढाएको संस्थाका सचिव रमण दाहालले सुनाउनु भयो । ‘हामीले ३० लाखजतिको अक्षयकोष बनाउने लक्ष्य राखेका छौं । हालसम्म ११७ जनाबाट ६ लाख १७ हजार रकम संकल भएको छ । जसबाट मरिमराउमा समवेदना दिने कामलाई व्यवस्थित बनाउने छौं ।’– उहाँले भन्नुभयो । प्रत्येक शनिबार पालैपालो सदस्यहरुकोमा किर्तन गरेर वार्षिक डेढ लाख हाराहारी दान रकम संकलन हुने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आँबुखैरेनी र देवघाटमा २८ शव फेला

तनहुँ ,१२ भदौ । तनहुँको आँबुखैरेनी देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार ९ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् । बुधबार

राहत र उद्धारमा बागमती सरकार फिल्डमै

काठमाडौं, भदौ १२ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार फिल्डमै परिचालित भएको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं , १२ भदौ। रसुवामा भोटेकोशी नदीमा बाढी बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले भदौ १२

बाढीमा फसेका जलविद्युत् आयोजनाका कर्मचारीको उद्धार तीव्र

काठमान्डौ ,१२ भदौ । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। आज उद्धारका लागि आवश्यक सामग्री,

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, १५ ढोका खोलियो

सुनसरी , १२ भदौ । कोशी ब्यारेजमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। शुक्रबार दिउँसो १२ बजेर १७ मिनेटको मापन अनुसार ब्यारेजमा पानीको बहाव

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल