लागु औषध विरुद्ध नाटक

बढ्दो लागु औषध दुर्व्यसन : नियन्त्रणमा सबैको सहकार्यको खोजी

झापाका १५ पालिकाबीच दुर्व्यसन नियन्त्रणमा सहकार्य

दमक, १२ जेठ / आफूलाई मन पराउने युवक लागु औषधको दुर्व्यसनमा फसेपछि युवतीले उसँग विवाह गरेर उसलाई सुधार्ने काम थाल्छिन् । तर आफू बुहारी भएर भित्रिसकेपछि युवकको बाबु नै मादक पदार्थको दुर्व्यसनी भई ज्यानै गएको पीडादायी अवस्था बन्यो ।

 

लागुऔषध दुर्व्यसन विरुद्धको नाटकको सार हो यो । जहाँ घरमै बाबु जड्याहा भएर घर व्यवहार नहेरेपछि छोरो पनि साथीहरुको लहै लहैमा लागेर लागु औषध दुर्व्यसनको शिकार भएको अवस्थाका उदाहरण हाम्रो समाज प्रसस्तै देख्न सकिन्छ । बालबालिकाको पहिलो पाठशाला नै घर भएकोहुँदा आफ्‌ना छोराछोरीलाई सही संस्कार दिन आवश्यक रहेको कुरालाई झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले नाटक कार्यक्रममार्फत सन्देश दिएको छ ।

 

कुलतबाट जोगाउनका लागि आफ्‌ना छोराछोरीहरुलाई सचेत गराउँदै निगरानी गर्न अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने आवश्यकता महसुस गर्नुहुन्छ शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल पनि ।

 

लागुऔषध दुर्व्यसन बढेको सन्दर्भमा शिवसताक्षी वडा नम्बर ६ ले अविको मिडिया हव प्रालि धनकुटालाई दुर्व्यसन विरुद्धको नाटक प्रस्तुत गर्ने कार्यक्रम प्रदान गर्यो । सचेतना प्रवाहमा सशस्त्र प्रहरीको ३८ नम्बर रिजर्ब गण हेडक्वार्टर लखनपुरले समेत सहकार्य गर्यो । त्यसपछि सोही सचेतनाका लागि शिवगञ्जमा नाटक प्रस्तुत भयो । धनकुटाको निजामति आवासीय माद्यमिक विद्यालय महालक्ष्मी नगरपालिकासहितका विद्यार्थी तथा शिक्षकहरु नाटकमा पात्रकारुपमा सहभागि थिए । बालबालिका दुर्व्यसनी भइहालेमा पनि समाजका हरेक पक्षले त्यसमा सकारात्मक भूमिका निर्वाह गरेर दुर्व्यसनमुक्त बनाउनु पर्नेमा नाटक निर्देशक ध्रुव भण्डारीको धारणा छ ।

 


लागु औषध दुर्व्यसनबाट अचेल गाउँघर समेत ग्रस्त बन्दै गएका छन् । शिवसताक्षीको शिवगञ्जमा समेत यसखाले समस्या बढेकाले सचेतनाको कार्यक्रम अघि बढाइएको वडा नम्बर ६ का अध्यक्ष मनोज खुलालले जनाउनु भयो । गाउँको समेत हविगत दर्शाउँदै उहाँले भन्नुभयो ‘गाउँ वस्तीमा दिनदहाडै चोरी हुने, समाजका तनाव सिर्जना गराउने काम लागुऔषध प्रयोगकर्ताबाट भइरहेको छ ।’

 

बढ्दो हिप्पी संस्कृति तथा देखासिकीले विश्व नै लागु औषध दुर्व्यसनको समस्या बढ्दो छ । नेपाल पनि त्यसबाट ग्रसित छ । त्यसमा पनि भारतसँग सीमा जोडिएको झापा जिल्ला आक्रान्त छ । यसका लागि झापामा आफूहरुले लगातार अपरेशन कार्य अघि बढाएको ३८ नम्बर रिजर्ब गण हेडक्वार्टर लखनपुरका उपरीक्षक निरञ्जन भण्डारी उपाध्यायले उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा सहभागि शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्रा रोशन र उपप्रमुख नरमाया कार्कीले जिल्लाका १५ वटै पालिकाको संयुक्त बैठकले लागुऔषध भित्र्याउने सञ्जाललाई निस्प्रभावी बनाउने सहकार्यको निर्णय भएको जानकारी गराउनु भयो । ‘अब हामीले भारतबाट भित्रिने बिक्री वितरणको जालोलाई नष्ट गर्ने बाटोमा जिल्ला नै एकजुट बन्ने निर्णय भयो । त्यसका लागि कार्यक्रम र बजेट बनाउने काममा पालिका लागेको छ ।’– नगर प्रमुख थोप्राले प्रष्ट्याउनु भयो ।

 

समाजमा बढ्दो समस्याको समाधानको पक्षमा सञ्चार संस्थाहरुले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता बढ्दै गएकाले आफूहरुले पनि त्यसखाले भूमिका निर्वाह गर्दै आएको अविको मिडिया हव प्रालि धनकुटाकी प्रमुख कोकिला भण्डारीले प्रष्ट्याउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आँबुखैरेनी र देवघाटमा २८ शव फेला

तनहुँ ,१२ भदौ । तनहुँको आँबुखैरेनी देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार ९ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् । बुधबार

राहत र उद्धारमा बागमती सरकार फिल्डमै

काठमाडौं, भदौ १२ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार फिल्डमै परिचालित भएको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं , १२ भदौ। रसुवामा भोटेकोशी नदीमा बाढी बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले भदौ १२

बाढीमा फसेका जलविद्युत् आयोजनाका कर्मचारीको उद्धार तीव्र

काठमान्डौ ,१२ भदौ । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। आज उद्धारका लागि आवश्यक सामग्री,

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, १५ ढोका खोलियो

सुनसरी , १२ भदौ । कोशी ब्यारेजमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। शुक्रबार दिउँसो १२ बजेर १७ मिनेटको मापन अनुसार ब्यारेजमा पानीको बहाव

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल