कोभिड बुटि ९

दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप – छुटेलाई पूःन लगाइने-कक्षा सञ्चालन गर्न विद्यालय तयार

 

 

 

दमक/

दमकमा १२ वर्ष देखी १७ वर्ष पुरा भएका बालबालिकाहरुले खोप लगाइसके । विद्यालय -विद्यालयमा नै ५ दिन सम्म खोप अभियान चलाएर बालबालिकालाई खोप लगाइयो । विद्यालयका शिक्षक , कर्मचारी , अभिभावकका लागि यस अघि नै खोप कार्यक्रम सञ्चालन भएको थियो । पहिलो र दोस्रो मात्रा लगाइसकेका छन् । उसो हो हो भने अव के विद्यालय खुली हाल्छ त ? खोप कार्यक्रम सकिएपछि विद्यालय सञ्चालन गर्ने तयारी के छ दमक नगरको भन्नेबारेमा कोभिड बुटिको तस्रो भाग अन्र्तगत नवौ श्रींखला तयार पारिएको छ ।

माघ १६ गतेदेखी दमकका २० गते सम्म दमकका विभिन्न विद्यालयमा खोप कार्यक्रम चल्यो । यो अभियानमा १२ वर्ष उमेर पुरा भएका र १८ वर्ष नपुगेका विद्यार्थीलाई खोप हानीयो । अभिभावक र विद्यालय शिक्षकको रोहबहरमा खोप लगाइएकोले सबै विद्यालयका विद्यार्थीले खोप लगाए भन्ने नगरले विस्वास लिएको छ । खोप केन्द्रहरुमा विद्यार्थीहरुको उत्साहपूर्वक सहभागीताले पनि यो कुराको पुष्टि गर्न खोज्छ ।

अभिभावकहरु आफ्ना नानीबाबुलाई डोराएरनै विद्यालय ल्याइरहनु भएको थियो । शिक्षकहरुले खोप लगाउने अभियानमा सहजीकरण गर्न निकै उत्साह ढंङ्गले उपस्थित हुनुभयो । कोहि नाम , लेख्ने, उमेर प्रमाणीत गर्ने र खोप कार्ड बनाइदिन खोप केन्द्र तोकिएका विद्यालयका शिक्षकहरुले सकृयताका साथ सहयोग गर्नु भयो । आफुहरुले यस अघि नै दुई मात्राको खोप लगाइकेको र विद्यार्थीलाई पनि लगाउन पाए ढुङ्गले पठन पाठन गराउन पाउनेमा आशावादी देखिन्थे शिक्षकहरु । अव त विद्यार्थीले पनि खोप लगाए । शिक्षक र अभिभावकले पनि लगाए ।

विद्यालय सञ्चालन गर्न आफुहरु आफुहरु तयार रहेको निजी तथा सामुदायीक विद्यालयका प्रधानाध्यापकहरु बताउनु हुन्छ । तत्तकालै विद्यालय नखोले सरकारले यस अघि नै घोषणा गरेको एस इ इ र कक्षा १२ को परिक्षा मिती भित्रमा विषय पढाई नसकिने सरस्वती माद्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर थापा बताउनु हुन्छ । सरकारले नखुलाएपनि आफै खुलाउन अनुरोध गरेर भएपनि विद्यलय सञ्चालन गर्ने तयारीमा रहेको उहाँले उल्लेख गर्नु भयो ।‘सबै विद्यार्थीलाई खाप लगाइयो , हामीहरुले त अव बुस्टर डोज नै लगाउने बेला भयो ’ अभिभावकहरुले पनि खोप लगाएको जानकारी आएको छ । सबै पक्षले खोप लगाएपछि विद्यालय त खोल्नै पर्यो नी ।’ विद्यालय आज भोलीनै खोल्न आफुहरु तयार रहेको बताउनु हुन्छ मेची आवासिय माद्यमिक विद्यालयका प्रधानाध्यापक श्रवण पोखरेल ।

विद्यालय खोलेर सुरक्षीत तरिकाले पठन पाठन गराउन निजी तथा सामुदायीक विद्यालयहरु तयार छन् । तर सरकारले फागुन महिनाभरी विद्यालय नखोन्लु भन्ने उर्दी जारी गरेको छ । यता विद्यालयतह सम्मको शिक्षाका बारेमा निणर्य गर्ने अधिकार स्थानीय सरकारलाई भएपनि केन्द्रको सर्कलेसन आएपछि भने केन्द्रकै मान्नुपर्ने बाध्यत्मक परिस्थिती बन्ने गर्छ ।

दमकका विद्यार्थीलाई खोप लगाइसकेपनि ठ्याक्कै अव यो मितीबाट यसरी विद्यालय सञ्चालन गर्ने भनेर भनिहाल्न दमक नगरपालिकाकी उप प्रमुख तथा शिक्षा समिती संयोजक गीता अधिकारीले सक्नु भएन ।अवको केहि दिनमै विद्यालय सञ्चालनको वातावरण बनाउने र दमकका सबै शैक्षिक सस्था खोल्नेबारेमा निणर्य लिने उहाँले बताउनु भयो ।

५ दिन सम्म सञ्चालन भएको खोप अभियानमा १२ हजार ७ सय ६४ जनालाई मोर्डना नम गरेको खोप लगाइयो । दमकका विद्यार्थीका लागि भनेर १३ हजार डोज खोप आएको थियो । नगरपालिकाले गरेका प्रक्षेपण भन्दा केहि कम खोप लगाइयो । यदी कोहि यो अभियानमा खोप लगाउनबाट छुटेको भए आ आफ्नो वडाको स्वास्थ्य केन्द्रमा सम्पर्क गरेर लगाउन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,