नारी सञ्चारगृहको ‘छलाङ’

एक लाखको सपना देखेर सुरु गरेको अक्षयकोषमा ५० लाख नाघ्यो

अव यही कोषबाट समस्यामा परेका पत्रकार महिलाले राहत पाउनेछन् । मिडियाहाउसहरु वन्द भएर अफ्ठ्यारो झेल्नुपरेका पत्रकार महिलाले लेखनवृत्तिको माध्ययबाटै भए पनि साथ पाउनेछन् । अनि हरेक वर्ष दिइने पुरस्कारले पत्रकार महिलाको आत्मसम्मान पक्कै बढ्ने छ ।

विर्तामोड, २५ जेठ । आइतवार विर्तामोडको सिद्धार्थ होटलबाट झापाली पत्रकार महिलाले एउटा बेजोडको खबर सार्वजनिक गरे । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर सुनाइएको त्यो खबर झट्ट सुन्दा आश्चर्यलाग्दोे पनि छ ।

संस्था खडा भएको चानचुन १२ वर्षमै नारी सञ्चारगृह झापाको अक्षयकोषमा ५० लाख जम्मा भइसकेको छ । आइतवार विर्तामोडमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष रेजिना गौतमले सगर्व यो घोषणा गर्नुभयो । कोषमा सहयोग गर्ने दाताहरु अझै थपिंदैछन् । त्यसैले यो कोष यतिमै रोकिंदैन भनेर प्रष्टैसँग भन्न सकिन्छ ।

अव यही कोषबाट समस्यामा परेका पत्रकार महिलाले राहत पाउनेछन् । मिडियाहाउसहरु वन्द भएर अफ्ठ्यारो झेल्नुपरेका पत्रकार महिलाले लेखनवृत्तिको माध्ययबाटै भए पनि साथ पाउनेछन् । अनि हरेक वर्ष दिइने पुरस्कारले पत्रकार महिलाको आत्मसम्मान पक्कै बढ्ने छ ।
सञ्चारगृहले एक लाख राशीको साधना पत्रकारिता पुरस्कार र २५ हजार राशीको नारी सञ्चार प्रोत्साहन पत्रकारिता पुरस्कार स्थापना गरेको छ । दुबै पुरस्कार हरेक दुई वर्षमा वितरण हुन्छ ।

२०६८ सालमा यो संस्था सुरु गर्दा पत्रकारितामा मुस्किलले १२÷ १४ जना महिला देखिन्थे । संस्थापक अध्यक्ष सावित्रा दाहाल सम्झनुहुन्छ— ‘त्यसताका झापामा पत्रकार महिलालाई कुनै अवसर थिएन । महासंघको नेतृत्व होस् या पत्रकारितासम्बन्धी पुरस्कारमा पत्रकार महिलाको भागै लाग्दैनथ्यो ।’

पक्कै पनि पेशागत संघ–संस्थाहरुमा पुरुषकै हालीमुहाली चल्ने समयले पत्रकार महिलामा संगठित हुनैपर्ने चेत आएको यसका संस्थापकहरु स्वीकार्छन् । सिनियर र नेता भनिने पत्रकारहरुबाटै किनारामा पारिएका महिला पत्रकारहरुको दृढ अठोटले जन्मिएको हो— नारी सञ्चारगृह । यसको जन्मसँगै पत्रकार महिलाले आफ्नै दरिलो संगठन पाएको महसुस गरेका छन् ।

 

अहिले समयले निकै कोल्टे फेरिसक्यो । नारी सञ्चारगृहमा अहिले ५० जना पत्रकार आवद्ध भइसकेका छन् । सबैजसो सञ्चारकर्ममा सक्रिय छन् । केहीले त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मिडियाहाउसको समेत नेतृत्व गरिराखेका छन् । पत्रकार महिलाको यो सफलतामा कतै न कतै नारी सञ्चारगृहको योगदान पक्कै छ ।

संस्थाका पूर्व अध्यक्ष अम्बिका भण्डारी– ‘महिलालाई पत्रकारिता सिकाउन र पेशामा टिकाउनकै लागि पनि नारी सञ्चारगृह खडा गरिएको’ बताउनुहुन्छ । २०७४ देखि ७७ सम्मको कार्यकाल संस्थाको नेतृत्व गर्नुभएकी भण्डारीले यो कोषको जग राख्नुभएको थियो । कोषमा २५ लाख पु¥याउने अठोटसहित भण्डारी नेतृत्वले थालेको अभियानले १२ लाख जम्मा ग¥यो । त्यो लक्ष्य भने भीमा शिवाकोटी नेतृत्वले पूरा गरेको भण्डारी बताउनुहुन्छ ।

त्यसो संस्थापक अध्यक्ष दाहालले पनि एक लाख रुपैयाँको कोष खडा गर्ने बाचा गर्नुभएको थियो । ‘त्यस बेला स्थानीय तहहरुमा पनि अहिलेजस्तो वजेट थिएन, त्यही भएर सानो कोषको कल्पना गरियो’—दाहाल भन्नुहुन्छ ।

यति छोटो समयमै यति ठूलो रकमको अक्षयकोष कसरी सम्भव भयो त ? संस्थापक अध्यक्ष दाहालको भनाइमा ‘ नेतृत्व पारदर्शी भयो र संस्थाका सबै सदस्यमा एकता भयो भने जस्तै अफ्ठ्यारा काम पनि पूरा हुने रहेछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको