पथरी शनिश्चरे सिङ्गिङ तथा डान्सिङ आइडल

पूर्वै रमाइलो बनाउँदै प्रतिभाको उत्साह

सिङ्गिङतर्फ राज लोहार र डान्सिङतर्फ गरिमा मगर बने आइडल

पथरी, २६ जेठ / जब निर्णायकहरुनै गाउँदै आइडलको स्टेजमा प्रवेश गर्नुभयो, तब माहोल तात्यो । अनि खचाखच दर्शक श्रोताहरु स्थानीयस्तरमा राष्ट्रियस्तरका कलाकारहरु सामेल एउटा प्रभावकारी कार्यक्रमको स्वाद लिँदै गीतसंगीतमा रमाए ।

 

सृजना क्षेत्रको गतिविधिमा सक्रिय उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेमा पहिलो पटक सञ्चालित नगरस्तरीय सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धाको उपाधिका लागि आयोजित फाइनल प्रतिष्पर्धाको दृष्य थियो त्यो । जहाँ पूर्वको शान बनेको ‘जता हेरेपनि हजूर पूर्वै रमाइलो’ बोलको दोहोरी गीतबाट स्थापित गौरव दर्पण र सृष्टि हिङमाङ यही गीतमार्फत दर्शक श्रोता समक्ष प्रस्तुत हुनुभयो । अर्का निर्णायक नन्दु गुरुङ पनि जोडदार प्रस्तुतिका साथ उसैगरी मञ्चमा प्रवेश गर्नुभयो ।

 

आइडल घोषणासँगै पथरी शनिश्चरेको गौरवको दर्पणका रुपमा रहनु भएका गौरवलाई नगद २५ हजार, मुहारचित्र, दोसल्ला र सम्मानपत्रले नगर श्रष्टा सम्मानका रुपमा सम्मानित गरियो ।

त्यसपछि उहाँले आइडल हुने गायकलाई आफ्‌नोतर्फबाट एउटा गीत निःशुल्क रेकर्डिङ गरिदिने घोषणा गर्दा गायनको उपाधि हाँसिल गर्नुभएका राज लोहारमा झनै खुसी छायो ।
वडा नम्बर २ का राजले उपाधिमाथि राज गरिरहँदा ४ नम्बर वडाका अभिषेक मेयाङ्बो फस्ट रनरअप र वडा नम्बर २ की तुलसा थापा सेकेन्ड रनरअप भएर कडा प्रतिष्पर्धाबीच दर्विलो उपस्थिति जनाउनु भयो । अवन्तिका बस्नेतले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभयो ।

 

नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा सञ्चालित गायन र नृत्यको आइडल प्रतिष्पर्धामा दुबै विधाका उत्कृष्ठ १०/१० जनाको प्रस्तुतिबीच आइडल छनोट गरिएको थियो । नृत्यतर्फ, वडा नम्बर ९ की गरिमा मगरले उपाधि हात पार्नुभयो । फस्ट रनरअपमा वडा नम्बर १० की सुजता घिसिङ र सेकेन्ड रनरअपमा सोही वडाका वितेस राईले आफ्‌नो स्थान बनाउनु भयो । सुजता र वितेस सो नगरमा रहेको भुटानी शरणार्थी शिविरका नवप्रतिभा हुनुहुन्छ । पब्लिक च्वाइस अवार्डबाट कृष्टिना तामाङ पुरस्कृत बन्नु भयो । दुबै विधाका विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसखाले प्रतियोगिताले नगरभित्र लुकेर रहेका प्रतिभा उजागर गरेको नगर प्रमुख मोहनप्रसाद तुम्बापोले धारणा राख्नुभयो । ‘सबैले मिलेर यसखाले कार्यक्रम सफल बनाउनु भयो । यसले लुकेर रहेका प्रतिभा उजागर गर्ने काम गर्‍यो । नगरपालिका यसखाले गतिविधि सञ्चालनमा अग्रसर छ ।’– उहाँले भन्नुभयो ।

 

पहिलो अडिसनबाट हसन्दह र पथरीमा गरी नृत्यमा ११४ जना र गायनमा १०२ जनाले भाग लिएका थिए । जसमा उत्कृष्ठ २० मात्र नभएर उत्कृष्ठ १० मा समेत दलित समुदायका नवप्रतिभाको संख्या उल्लेखीय थियो । उत्कृष्ठ १० मध्ये गायनमा ५ जना र नृत्यमा २ जना दलित समुदायको प्रतिनिधित्वले सो समुदाय सृजना क्षेत्रमा अग्रसर रहेको प्रष्टिन्थ्यो ।

 

कला साहित्य प्रवद्र्धन समिति सदस्य एवम् आइडलका नृत्य संयोजक रामबहादुर विश्वकर्मा लुकेर बसेका प्रतिभाको पहिचान हुन सकेको ठहर गर्नुहुन्छ । भन्नुहुन्छ ‘यो कार्यक्रमले प्रतिभाको पहिचान भएको र नगरलाई सृजना क्षेत्रबाट बाहिर चिनाउने काम समेत भएको छ ।’
२०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित समितिले साहित्य र कलाका गतिविधि वर्षेनी सञ्चालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच