विद्यार्थीको दाँत परीक्षण

ओम शान्तिको विद्यालय केन्द्रित दन्त शिविर

दमक, २७ जेठ ।  पछिल्लो समय बालबालिकामा देखिएका र देखिन सक्ने दन्त सम्बन्धीका समस्याको पहिचान र त्यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा जानकारी गराउन विभिन्न ठाउँमा दन्त शिविर सञ्चालन हुदैँ आएका छन् ।

 

शरीरको अन्य भागको जस्तै दाँतको पनि निकै महत्व हुन्छ । तर, पर्याप्त ज्ञान र चेतनाको अभाबले गर्दा अहिले दन्त सम्बन्धी समस्या बढ्दो छ ,विशेष गरि बालबालिकामा ।

 

यसै विषयलाई मध्यनजर गर्दै झापाको दमकमा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले सोमबार एकदिने निशुल्क दन्त शिविर आयोजना ग¥यो । ऊँ शान्ति डेन्टल केयरको प्राविधिक सहयोगमा सम्पन्न भएको सो शिविरमा १ देखि १० सम्मको १३०० जना विद्यार्थीको दन्त परीक्षण  गरिएको थियो ।

 

ग्लोबल एजुकेशनल एकेडेमीमा अध्यनरत कक्षा ९ की छात्रा सुस्मिता भट्टराई, यो दन्त शिविरले गर्दा आफ्नो दाँतमा भएका समस्याको बारेमा थाहा भएको र त्यसको ध्यान कसरी गर्न सकिन्छ भन्ने बारेमा बुझेको भन्दै यसरी अस्पताल नै नगई आफ्नै विद्यालयभित्र निशुल्क दन्त परीक्षण  गरेकोमा विद्यालय र ऊँ शान्ति डेन्टल प्रति धन्यवाद व्यक्त गर्नुहुन्छ ।

 

शिविरमा सेवा दिन आउनुभएकी ऊँ शान्ती डेन्टलमा कार्यरत डा. शायरा ढकालले बालबालिकालाई दाँतको स्याहार कसरी गर्ने र दाँत स्वस्थ्य राख्न विद्यार्थीहरुलाई सिकाएको बताउनुभयो ।

 

 

सरकारी तथा बोर्डिङ स्कुलमा यस खाले शिविर गर्दै आएको र आगामी दिनमा पनि विद्यालयहरुसँग सहकार्य गर्दै जाने ऊँ शान्ति डेन्टलका सञ्चालक कमल प्रसाद गैरेले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यपक गुणराज अधिकारीले बालबालिकामा देखिएका साना साना समस्याको प्राथमिक उपचारका साथै भविष्यमा देखा पर्ने समस्याका बारेमा पनि ज्ञान पाएका बताउनुभयो ।

 

विद्यालयमा हुने यस किसिमको शिविरले बालबालिकाको स्वास्थ्य संगसंगै उनीहरुमा देखापर्ने समस्यामा पनि चेतना आउने विद्यालयले विश्वास लिएको छ ।

https://www.facebook.com/share/v/12Lc7PXHiET/

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु