सडक नाटकमार्फत् जनतेतना

‘छोरा खोजौं’ : नाटकको मञ्चबाट लागूपदार्थविरुद्ध आवाज उठाउँदै भद्रपुरका युवा

लागूऔषधको चक्करमा भासिएका युवाहरू कसरी आफन्त, अभिभावक, विद्यालय, र समुदायलाई बिथोल्छन् भन्ने कुरालाई गहिरो रूपमा छुन सफल छ यो सडक नाटक ।

भद्रपुर, १२ असार । सधैं कापी किताब र कक्षाकोठाबीच सीमित भद्रपुरको एमरेल्ड एकेडेमीका विद्यार्थीहरू विहीवार केही फरक अनुभूति गरिरहेका थिए  । स्कुलको चउरमा भेला भएका उनीहरुका साथमा न कापीकिताबको भारी थियो, न त नियमित अनुशासनका घण्टी सुनिएका थिए । त्यहाँ त एउटा पीडादायी यथार्थ मञ्चन भइरहेको थियो— ‘छोरा खोजौं’ भन्ने चेतनामूलक सडक नाटकमार्फत् ।

 

घाम तातिएको थियो, तर त्योभन्दा बढी तातिएको थियो दर्शकको मन । लागूऔषध दुर्व्यसनकाे कुहिरोमा हराइरहेका छोराको खोजीमा निस्किएका बाबुआमाको पीडा र समाजको लाचारी प्रस्तुत गर्ने यो नाटकले युवामाझ मात्र होइन, जनप्रतिनिधिदेखि शिक्षकसम्म सबैलाई चुप लाग्न बाध्य बनायो ।

सडक नाटक ‘छोरा खोजौं’ को कथा हाम्रो समाजकै एक सजीव चित्र हो । लागूऔषधको चक्करमा भासिएका युवाहरू कसरी आफन्त, अभिभावक, विद्यालय, र समुदायलाई बिथोल्छन् भन्ने कुरालाई गहिरो रूपमा छुन सफल छ यो सडक नाटक ।

 

स्थानीय युवा कलाकार कृष्ण अनमोलको लेखन तथा निर्देशनमा तयार गरिएको नाटकमा आरोग्य तिम्सिना एकजना पीडित बाबुको भूमिकामा छन्, जसले आफ्नो सन्तानलाई लागूपदार्थले बिगार्दा भोग्नुपरेको असहायताको भूमिका निभाउँछन् ।

प्रतीक लम्साल, नवीन तिम्सिना, जेनिशा पौडेल, रिदीप अधिकारी, सन्दर्भ तिम्सिना, श्रेया अधिकारी र आयुषा सिवा जस्ता उदीयमान कलाकारहरूले प्रस्तुत गरको यो नाटक अभिनयमात्र होइन, भावनाको पूर्ण विस्फोट थियो ।

भद्रपुर युवा परिषद्का संयोजक तथा नाटकका कलाकार आरोग्य तिम्सिना भन्नुहुन्छ ‘हामी नाटक खेल्न होइन, समाजलाई आँखा खोल्न आएको हौं । यो हाम्रो व्यक्तिगत जिम्मेवारी हो, किनकि लागूऔषधको पहिलो मार युवाले नै खेपिरहेका छन् ।’

छोरा खोजौं’ यसअघि नै चन्द्रगढी बजार र भद्रपुरका सार्वजनिक स्थानहरूमा प्रदर्शन भइसकेको छ । हरेक पटक नाटकको अन्त्यपछि दर्शक मौन हुन्छन् —तर त्यो मौनतासँगै चेतनाको बोध पनि हुने गर्छ  ।

नगर प्रमुख गणेश पोखरेल भन्नुहुन्छ ‘ यस्तो सशक्त प्रस्तुति देख्दा लाग्छ, हाम्रो युवापुस्तामा चेतनाको ज्योति बल्न थालेको छ । यस्तो अभियानले स्कूले बालबालिकामा लागूपदार्थप्रतिको नकारात्मक धारणा बलियो बनाउँछ ।’

सडक नाटक केवल मनोरञ्जनको माध्यम होइन, सामाजिक परिवर्तनको सारथी हो भन्ने कुरा भद्रपुरका युवाले प्रमाणित गरेका छन् ।

 

‘छोरा खोजौं’ एउटा चेतनामूलक अभियान हो, जसले हामी सबैलाई लागूपदार्थ दुव्र्यसनजस्तो समाजको क्यान्सरसँग लड्ने हिम्मत दिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,