एसईईमा हिमालय माविमा ९१ प्रतिशत उत्तीर्ण

दमक, १७ असार / पछिल्लो समय सामुदायिक विद्यालयमा पढाई र नतिजालाई लिएर बिभिन्न टिकाटिप्पणी भइरहेका छन् । यस्तोमा झापा दमकको सबैभन्दा बढी विद्यार्थी भएको एक सामुदायिक विद्यालय हिमालय माविले भने त्यो भ्रमलाई चिर्ने प्रयास गरेको छ ।

 

 

भर्खरै सम्पन्न माध्यमिक परीक्षा एसईईमा विद्यालयले ९१ प्रतिशत नतिजा प्राप्त गरेको छ । विद्यालयका तर्फबाट सहभागि भएका ३४१ जना विद्यार्थीहरुमध्ये ३१० जना विद्यार्थी उतिर्ण भएका हुन् । तीमध्ये २ जनाले ४ जीपीए, ५० जनाले ३.६ ए प्लस, १०२ जनाले ए, ११९ जनाले बी प्लस, ३६ जनाले सी प्लस र १ जनाले सी ग्रेड प्राप्त गरेका हुन् ।

 

विद्यालयका प्रध्यानाध्यापक द्रोण श्रेष्ठले विद्यालयको अथक प्रयास र विद्यार्थीहरुको मेहनतले यो नतिजा हासिल गरेको बताउनुभयो । दुई वर्ष अघिसम्मको एसईईमा हिमालयले शत प्रतिशत नतिजा निकाल्ने गरेको थियो ।

 

 

नगरमा नै रहेका सस्थागत विद्यालयमा समेत उत्कृष्ट नतिजा प्राप्त नहुँदा सामुदायिक विद्यालयको यो नतिजालाई सकारात्मक रुपमा लिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ