कमल थापा प्रदेश १ को भ्रमणमा

राप्रपाबाट अलग भएपछि कमल थापा निस्किए प्रदेश १ को भ्रमणमा

 

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा निस्केका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका हिन्दुवादी अगुवाहरूसँग भेटघाट गर्ने भएका छन् । सो क्रममा उनीहरूबाट थापाले राय सुझाव लिने उनीनिकट नेता राजाराम बर्तौलाले जानाकारी दिए ।

प्रदेश १ पछि थापाले अन्य प्रदेशको भ्रमण गर्नेछन् । राप्रपाका नेता कार्यकर्तासँगै सेवा निवृत्त सुरक्षाकर्मीदेखि राष्ट्रसेवकहरूलाई दर्ता गर्न लागेको पार्टीमा समाहित गर्ने उनको चाहना छ ।

महाराजगन्जको एउटा होटलमा बिहीबार थापा समर्थित नेताहरू सम्मिलित बैठकले उनलाई नै पार्टी दर्ता प्रक्रियाको काम गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पाए लगत्तै थापा राय सुझावका लागि भन्दै प्रदेशस्तरमा समर्थितहरूसँगको भेटघाटमा निस्केका हुन् ।

मंगलबार थापाले राप्रपाबाट अगल भएको घोषणा गरेका थिए । उनको टकराव पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पनि पूर्वराजा ज्ञानेन्द्रसँग थियो ।

पूर्वराजाले हालै सम्पन्न पार्टी महाधिवेशनमा ठाडो हस्तक्षेप गर्दा पराजित हुनुपरेको थापाको गम्भीर आरोप छ । यससँगै संवैधानिक राजसंस्थाको एजेण्डाबाट थापा पछाडि हटेका छन् । तर, पूर्ववत् हिन्दुत्वको एजेण्डालाई भने अंगिकार गर्ने भएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा सन्धिखर्कका १६८ कर्मचारी, एक हप्ताको तलब दिने

अर्घाखाँची , १० भदौ। सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।भोटेकोशी(त्रिशूली नदीमा आएको अप्रत्याशित

बाढी प्रभावितका लागि एनसेलको राहत स् तीन दिन निःशुल्क भ्वाइस र डेटा

काठमाडौं ,भदौ १० । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क

रसुवा बाढीपछि कांग्रेस सक्रिय, विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको