खेलकुद

पथरी ११’ फुटबल टिमको प्रधान कार्यालय उद्घाटन

पथरी, २९ असार / मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गराउँदै आएको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालय खोलेको छ ।

 

आइतबार बिहान एक कार्यक्रमकाबीच पथरी शनिश्चरे वडा नम्बर १ शिखर चोकमा संघीय सांसद डिग बहादुर लिम्बू, कोशी प्रदेश सांसद मानबहादुर लिम्बू र पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटन पछि मोरङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद तथा पूर्व संघीय खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलाडीहरूले खेल क्षेत्रको विकासका लागि अनुशासन, गतिशीलता र प्रतिबद्धता जरुरी रहने भन्दै खेलको माध्यमबाट नेपालजस्तो सुन्दर देशका खेलाडीहरूले संसारलाई जित्न सकिने अवस्था रहेको विश्वास दिलाउनुभयो । उहाँले पछिल्ला दिनहरूमा विभिन्न खेलका विधाहरूमा सहभागी खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सफल रहेको प्रसङ्ग कोट्याउँदै भावी पिंढीले थप उत्साहका साथ खेल क्षमता विकासका लागि लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।

 

सोही अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख तुम्बापोले खेलाडी उत्पादन र क्षमता विकास गराउन हरेक वर्ष पथरी शनिश्चरे नगरपालिकाले खेलकुद महोत्सव अन्तर्गत विभिन्न खेलकुदका विधाहरु आयोजना गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले नगरभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना गर्दै पथरी –११ एफसीले पुर्‍याएको योगदानप्रति पनि प्रशंसा गर्नुभयो । उहाँले नगरमा राष्ट्रिय सरकार खेलाडीहरूको उपस्थितिमा बुद्धिचाल प्रतियोगिता पनि हुँदै आएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

 

पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राईले समेत शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता पथरी ११ एफसीका अध्यक्ष सुमन विकले गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना,

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी