दमक, ६ साउन । पुष्पलाल श्रेष्ठको ४८ औं स्मृति दिवस झापाको दमकमा सम्पन्न भएको छ । नेकपा एमाले दमक नगर कमिटीले वृक्षरोपण कार्यक्रमको आयोजना गरि पुष्पलाल स्मृति दिवस मनाएको हो ।
दमक २ स्थित हम्से दुम्से सामुदायिक वन क्षेत्रको खाली जमिनमा सोमबार वृक्षरोपण गरिएको छ । नेकपा एमालेका बिभिन्न नेता तथा जनवर्गीय संगठनका पदाधिकारी एवं नेतृत्वहरुको उल्लेख्य उपस्थितिमा बृक्षारोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा विरुवा रोप्दै नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य होमबहादुर थापाले पुष्पलाल श्रेष्ठले कम्यूनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानले आज कम्यूनिष्ट आन्दोलनले जुन उत्सर्ग लिएको छ आज उहाँकै सम्झनामा रोपिएक विरुवाले वातावरण संरक्षणमा पनि सोहि अनुसार प्रभाव पार्न सकोस भन्न वृक्षरोपणमा सहभागी भएको बताउनु भयो ।
करिव ४ सय वटा रुख प्रजातीका विरुवा यहाँ रोपिएको छ । हरो, बरो जस्ता जडीबुटीजन्य विरुवा रोपिएको एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो । रोपिएका यी विरुवा यत्तिकै नछोडी वन समितिसँगको समन्वयमा यसको संरक्षण र हेरचाहको काम समेत गर्न पार्टी सदस्यहरु यहाँ आउने अध्यक्ष पौडेलको प्रतिवद्धता रहेको छ ।
६ सय ३३ हेक्टरमा फैलिएको यो वन निरन्तर मानव अतिक्रमणमा परिरहेको छ । खासगरी भुटानी शरणार्थीहरुको व्यवस्थापन गर्न भन्दै पहिला अतिक्रमण भएको जमिन अहिले शरणार्थी तेस्रो देश पूःनर्वासमा गएपछि खाली भएर उजाड भइरहेको छ । यसपछि बिभिन्न खेलमैदान निर्माण र भौतिक संरचना निर्माण भएका कारण पनि यो अतिक्रमणको चपेटामा छ । खाली जमिनमा पर्याप्त बृक्षारोपण नभएका कारण पनि यसको अतिक्रमण बढेको भन्दै अहिले १५० हेक्टर खाली जमिन मध्येमा नेकपा एमाले दमकसग समन्वय गरेर बृक्षारोपण गरिएको हम्से दुम्से सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद गुरागाईले जानकारी दिनुभयो ।
बृक्षारोपण कार्यक्रममा एमालेका बिभिन्न नेता तथा कार्यकर्ताहरुको उल्लेखय उपस्थिति रहेको थियो । विरुवाको अवस्था कस्तो भयो भनेर बेला बेलामा आफुले रोपेको विरुवाको निरीक्षण गर्न आउने प्रतिवद्धता समेत जनाएका छन् ।












