अर्गानिक उत्पादनको आवश्यकता

सरकार रासायनिक मलको सिफारिसमा, व्यक्ति प्राङ्गारिक मलको अभियानमा

रासायनिक पदार्थले क्यान्सरसहित खतरा दैनिक बढ्दो, प्राङ्गारिक तथा जैविक मल, विषादीमार्फत अर्गानिक उत्पादनको आवश्यकता ।

उर्लाबारी, १४ साउन / रासायनिक तत्वले प्राणीमात्र नभएर सिंगो पर्यावरणलाई घात गरिरहेको छ । जसको परिणामस्वरुप मानिससहितका प्राणीहरुमा क्यान्सर दैनिक बढ्दो छ । मानिसहरुमा उच्चरक्तचाप, मिर्गौला, मुटु, कलेजो, फोक्सोसहितमा समस्या तीब्रतर रुपमा बढ्दो छ ।

 

यी सबै समस्या मानिसको खानपानमा केन्द्रित छन् । माथि उल्लेखित समस्या रासायनिक मल र विषादी हालेको खानेकुरा खाँदाका मूख्य उपज हुन् । मानिसले थाहा नपाएर भन्दा पनि लापरबाही गर्ने बानीले आफैंलाई मारिरहेको छ । सरकारी पक्ष भनें अझ रासायनिक मलका गाउँ गाउँमा डिलर सञ्चालनको सिफारिसमा मग्न छ । यही अवस्थालाई दृष्टिगत गरी उर्लाबारी ९ का युवा राजीव खड्काको अगुवाईमा ३ वर्षअघिबाट प्राङ्गारिक मल उद्योग सञ्चालन गरिएको छ ।

 

हाल उहाँले अन्य २ जना साझेदार समेत थप गरी शिवशक्ति बायोटेक कम्पनीमार्फत हाम्रो उन्नत प्राङ्गारिक मल उद्योग, आमा कृषि फर्म, जयशम्भू कृषि भण्डार र बिर्तामोड एपेक्स बायोटेक कम्पनीले मलकासाथै विषादी र आलुको टिस्यूकल्चरसहितमा काम गर्ने बृहत योजना अघि बढाउनु भएको छ । गोबर, सुलीसहितका १२ प्रकारका तत्वहरु मिसाएर दानेदार लगायतका ५ खाले मल उत्पादन कार्यमा हालसम्म ३ करोड लगानी भइसकेको छ । पछिल्लो पटक कोशी प्रदेश सरकारको लगानी सम्मेलनमार्फत २७ करोडको केन्द्रीय योजना परेको सुनाउँदै उहाँले सो बजेट प्राप्त भएपछि प्रतिदिनको १० हजार किलोग्राम मलको उत्पादनलाई बढाएर प्रतिदिन १ हजार मेट्रिकटन उत्पादन गर्न सकिने योजनाको बेलिविस्तार लगाउनु भयो ।

 

अरुले बिक्री गर्दै आएको भन्दा आधा कम मूल्यमा गुणस्तरीय मल बिक्री गरेर किसानलाई राहत पुर्याउँदै आएको उहाँको दाबी छ । यस मल उद्योगले हालसम्म काठमाडौंमा ६ वटासहित कर्लाणी सहकारीका ४० भन्दा बढी शाखा तथा १० डिलरमार्फत बिक्री वितरणलाई राष्ट्रव्यापी बनाउने अभियान सञ्चालन गरिरहेको छ । रासायनिक मलको डिलर खोल्ने र त्यसलाई अनुदान दिने कार्यक्रम रोक्दै प्राङ्गारिक मलको उत्पादनमा अनुदान दिने नीति सरकारले ल्याउनै पर्नेमा खड्काको जोड छ । ‘कतिपय पालिकाहरुले मल लिइदिने गरेको भएपनि नीतिगत रुपमा रासायनिक मलको डिलर खोल्न रोक्ने, त्यो मलमा प्रतिवन्ध लगाउने र त्यसमाथिको सहुलियत कटौती गर्ने कुरामा सबै तहका सरकार उदासिन् छन् ।’ उहाँले जोड दिँदै भन्नुभयो ‘मेराजस्ता प्रांगारिक मल उद्योग सवै प्रदेशतिर छन् । मेरो उत्पादनले कोशी प्रदेश धान्न सक्छ, अरु उत्पादनले अरुतिर गरी नेपाल प्रांगारिक मलमय हुन्छ ।’

 

प्राङ्गारिक मलको आवश्यकता भएको भनाई राख्ने गरिएपनि पालिकाहरुले संघीय सरकारको निर्देशनमा रासायनिक मलका डिलर सिफारिस भनें रोकिएको देखिदैन । रासायनिक मलमा दिइने छुट प्राङ्गारिक मलमा दिएमा स्वस्थ जीवन र जगतका लागि उपयुक्त हुने भनाई राख्नुहुन्छ उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेल ।

 

प्राङ्गारिक मलको विस्तारमा उर्लाबारी नगरपालिका कार्यालयले केही कदम त अघि बढाएको छ, तर नीतिगत निर्णय नै गरेर यसको प्रभावकारितामा जोड दिन भनें सकेको छैन । नगरले वर्षेनी ८ देखि १० लाखको मल खरिद गरेर कृषि शाखामार्फत कृषकहरुलाई वितरणको काम भनें भएको शाखा प्रमुख अम्बिका लुइटेलले उल्लेख गर्दै प्राङ्गारिक मलको आवश्यकता औंल्याउनु भयो ।

 

प्राङ्गारिक मलको उत्पादनमा उल्लेखनीय योगदान गरेकोमा हाम्रो उन्नत प्राङ्गारिक मल उद्योगलाई संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्यमी राष्ट्रिय पुरस्कार र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मानित पुरस्कृत गरेको छ । वैदेशिक रोजगारीबाट फर्किनु भएका खड्काको प्राङ्गारिक मल उत्पादनको कामलाई सम्मानित र पुरस्कृत गरेपनि नीतिगत रुपमा प्राङ्गारिक मललाई स्थापित गरी अर्गानिक उत्पादनमा सरकार अघि बढ्नु आजको आवश्यकता हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विदेशी सहायता अस्वीकार गरेको चर्चाबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौँ , भदौ १३ । परराष्ट्रमन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार गरेको भन्ने चर्चाबारे जबाफ दिनुभएको छ ।शनिबार

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही