बिर्तामोड, २५ साउन । झापाको विर्तामोडस्थित यातायात व्यवस्था कार्यालयको। यहाँ सेवा लिन आएका नागरिक बिहान सबेरैदेखि लाइनमा उभीन्छन् । तर, यहाँको सेवा ढिलो र अव्यवस्थित मात्रै बिचौलियाको बिगबिगी झन डरलाग्दो छ ।
हुन त यातायात कार्यालय भन्ने बित्तिकै बिचौलीया बिगेर काम नै नहुने भन्ने अड्डा हो भन्ने आम मानीसको मन मनमा बसीसकेको छ । किनभने सेवाग्राहिले सोझै सेवा लिन जाँदा सिस्टम अफलाईन हुन्छ । सर्वर डाउन हुन्छ । यो समस्या एक दिनको हैन । एक पटकको हेन । हरेक दिन र हरेक पटक ।
सेवाग्राहीले भौचर शुल्क बुझाउँदा यो कार्यालयमा पाँच सय रुपैयाँको क्यूआर स्क्यान मार्फत भौचर काट्नु पर्ने व्यवस्था रहेको छ । तर, यातायातका कर्मचारी र बिचौलियाको सेटिङ्गमा कार्यालयको क्यूआर स्क्यान चल्दैन । सेवाग्राहीले भौचर लिनका लागि कार्यालय बाहिर गएर क्यूआर गर्नपर्ने बाध्यकारी अवस्था रहेको छ ।
जसमा बाहिर बिचौलियाले ५०० रुपैयाँको ठाउँमा ६५० रुपैयाँ तीर्नु पर्छ । अनि अचम्म के छ भने बाहिरका ती ठगेर गुजारा चलाँने बिचौलीयाहरुले कार्यालय समय सकिएपछि भीत्र लगेर हिसाव बझाउने छन् । र त्यसबेला चाहि कार्यालयको क्यू आर स्क्यान चल्ने छ । यसरी देखादेखी कार्यालयकै गेट अगाडी सेवाग्राहि लुटिरहेका छन् । सबैको मिलेमतोमा यस किसिमको खुलेआम सेवाग्राही लुट्ने कार्य भएको सेवाग्राही राम घतानीको आरोप छ ।
यस्तै अर्को घटना हेरौ । र राज्यलेनै कसेवाग्राहिलाई कसरी लुटि खान र भुटी खान दिएको छ भन्ने अर्को गतिलो उदाहरण छ ।
यस अघि सवारी चालक अनुमतिपत्र लिन यातायात कार्यालय जाँदा सेवाग्राहीले निजी क्षेत्र मार्फत स्वास्थ्य परीक्षण बापत नगद १५० रूपैयाँ तिर्दै आएका थिए । तर, निजी मेडिकलले गरेको स्वास्थ्य परिक्षण भरपर्दो नभएको दाबी सहित कोशी प्रदेश सरकारले आफै स्वास्थ्य परिक्षण सरकारी कार्यालयले नै गर्ने भन्दै काम अगाडि बढाएको छ । तर, सेवा सरकारी कार्यालयबाट प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको भएता पनि स्वास्थ्य परिक्षण बापत लिइदै आएको शुल्क भने दोब्बर रु ३०० बनाइएको छ ।
यसले सेवालिन आएकाहरु मारमा पारेको बताउँछन् । योे कार्य सरासर नागरिकको ढाड सेक्ने कार्य भएको र यातायात व्यवस्था कार्यालयमा सेवा भन्दा सास्ती बढी दिने कार्यालयमा परिणत हुदै गएको सेवाग्राहिको आक्रोेस छ ।
“नेपालको सार्वजनिक सेवा प्रवाह ऐन, २०६३ भन्छ—न्यूनतम लागत, अधिकतम सुविधा। भ्रष्टाचार निवारण ऐन, २०५९ भन्छ—अनावश्यक शुल्क असुली अपराध हो। तर, यो कार्यालयमा—कानुन? यहाँका हाकीम नै जानुन । यद्यपी हामीले तपाईको कार्यालयकै अगाडी बिचौलीयाले लुट मच्याइरहदा तपाई टुलुटुलु हेरेर किन बसेको भनेर यहाँका कार्यालय प्रमुख प्रेम प्रसाद सापकोटालाई सोध्यौ । तर उहाँ सरकारी कर्मचारी हो ।
आफ्नो ठाउँमा राम्रै राम्रो मात्रै भएको देख्नु हुन्छ । गल्ती भएको त स्विकार गर्दै गर्नु हुन्न । उहाँको यो कानुनी रवाफ सहितको जवाफ दिनुहुन्छ । हामीसग आर्थीक सम्बन्धीको ऐन छ । त्यसैका आधारमा यी गतिविधि भइरहेको छ ।
यो केवल विर्तामोडको कुरा होइन—यो राज्यको चरित्रको परीक्षा हो। शुल्क पुनःनिर्धारण, बिचौलिया नियन्त्रण, र छरितो सेवा अबैधानिक मनपरीको अन्त्य गर्न सम्बन्धित निकाय तत्कालै अघि नबढे—सार्वजनिक सेवा भन्ने शब्द, यहाँ केवल व्यंग्य मात्र बन्नेछ।










