हातको हड्डी पाँच महिनासम्म नजोडिएर पीडामा बस्नु भएकी राईको निम्स हस्पिटलमा भयो सफल सल्यकृया

दमक, भदौ १४ । चुलाचुली–५ की ४८  वर्षीया शुसिला राईको हात पाँच महिनाअघि लडेर भाँचिएको थियो। आर्थिक अभावका कारण उहाँ अस्पताल जान नसकेर घरेलु जडिबुटीकै भरमा उपचार गर्दै आइरहनु भएको थियो । तर समयसँगै दुखाई झनै बढ्दै गयो । दुखाईकै कारण जिउने आशा नै हराउदै गएको कुरा यसरी सम्झिनुहुन्छ ।

 

समय बित्दै गयो स्थानीयको सहयोग जुट्न थाल्यो त्यसपछि थप उपचारका लागि उहाँलाई दमक स्थित निम्स नेसनल हस्पिटल ल्याइयो। शुसिलाको अवस्था सामान्य थिएन। हातको हड्डी पाँच महिनासम्म नजोडिएको र समयमै उपचार नपाएको कारण पुनः हड्डी जोड्ने सम्भावना न्यून थियो। यद्यपि, निम्स नेसनल हस्पिटलका हाडजोर्नी विशेषज्ञ डा. नविन कुमार सिंह नेतृत्वको टिमले बाहिरी स्रोतबाट हड्डी ल्याएर जटिल शल्यक्रिया गर्दै टुटुको हड्डीलाई जोड्न सफल भयो । यसलाई मेडिकल भाषमा बोन ग्राफ्टिङ भनिन्छ ।

 

निम्स नेसनल हस्पिटलले पुनः एकपटक प्रमाणित गरेको छ कि, समयमै उचित उपचार नपाएका बिरामीहरूका लागि समेत यहाँ गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ। अस्पतालले यस्ता गम्भीर अवस्थाका बिरामीलाई विशेष प्राथमिकता दिने गरेको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप