लालीगुराँस मोडल स्कुलको आँगनमाः ‘लुकेका रोग, खुलेका प्रतिकार’

दमक, १९ भदौ । बिहानैको घाम। लालीगुरास मोडल स्कुलको गेट बाहिर लाइन। अभिभावकहरू फर्म भरिरहेका, भित्र द्यए जाँच गर्दै काउन्टरमा टोकन लिइरेका थिए ।

दमक–३, लालीगुरास मोडल स्कुल। बिहिबार यहाँ भीड देखियो । तर कसैलाई हतार थीएन । कारण थियो निशुल्क स्वास्थ्य शिविर। खासमा पाइल्स, फिस्टुला, फिसर जस्ता गुप्तरोगबारे लुकेको पीडा आज खुलेर जाँच्न पाइरहेका थीए  गुप्तरोगहरू केवल गोप्य होइन, व्यापक पनि छन्। ‘हिमोरोइड्स’ अर्थात् पाइल्सका केसहरू विश्वभर ४% देखि ३९% वयस्कमा देखिने अध्ययनहरू छन्। केही अध्यययनले अझ उच्च दायरा ५०% भन्दा माथिसम्म अनुमान गरेका छन्, यद्यपि ‘सिम्प्टमेटिक’ अर्थात् समस्या दिने केस अनुपात कम हुन सक्ने ती अध्ययनको प्रतिवेदनले देखाएको छ । उर्लाबारीको एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा, दमक ३ को लालीगुरास मोडल स्कुलले यो शिविर चलाएको हो । फाउन्डेसनको मोडेल फरक छ शिविरमै विशेषज्ञ सर्जन, ल्याब, औषधि र ‘अन–द–स्पट’ उपचारको व्यवस्था । यसरी व्यस्थित गरेर यसलाई निर्मुल पार्ने अभियान चलाइएको फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत जीवनसिंह राजबंशीले जानकारी दिनुभयो ।

 

विद्यालय समुदायको केन्द्र हो। अभिभावकसँगै वरपरका बस्तीलाई पनि स्वास्थ्य पहुँच नजिक लैजान पर्छ भन्ने सोचका साथ यो शिविर विद्यालयले नै आयोजना गरेको लालीगुसार मोडेल स्कुलकी प्रधानाध्यापक रेनुका खनालले जानकारी दिनुभयो ।

दमक ३ गोलाटारकी पुजा भुषाल पायल्सबाट समस्याग्रस्त रहनु भएको केहि वर्षदेखी हो । उपचारका लागी उहाँ भारतसम्म गएर महँगो उपचार गरन बाध्य हुनु भएको थियो । तर अवस्था बिस को उन्नईस पनि भएको छैन । तर अहिले आफ्नै गाउँमा यसखालको उपचार सेवा पाउँदा मन सन्तोक भएको र निको हुने विश्वास बढेको सुनाउनु हुन्छ ।

पायल्सकै कारण पहिले बोल्नै गाह्रो भएको थियो मोरङ मिक्लाजुङका टेकराज भण्डारीलाई । उपचारका लागि टाढा धाउनुपर्ने बाध्यातामा उहा हुनुहुन्थ्यो । तर अहिले गाउँमै बिषेशज्ञ सहितको निशुल्क उपचार पाउँदा उहाँले खुसी भएको प्रतिकृया दिनु भयो ।

विश्वस्तरका आँकडाले बताएको व्यापकता र हाम्रो समाजको मौनतालाई जोड्ने पुल यस्तै ‘क्याम्प–टु–केयर’ मोडेल हुन सक्छ । जुन प्राथमिक तहमै पहिचान, सिकाइ र उपचारको सुविधा पाउन सकिन्छ । दमकको लालीगुरासको आँगनमा आयोजना भएको यो शिविरले स्वास्थ्य नजिक आउँदा समस्यामा परेकाहरुले सेवा पाएका छन् । खुलेर आफ्ना समस्या भन्नु पर्ने रहेछ भन्ने सचेतना पनि बढाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं,११ भदौ ।रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि

विपद्को सामना गर्न सबै एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको