जेनजी प्रदर्शनकाे प्रभाव

दमकका वडा कार्यालयहरुमा एक सातापछि देखिएको चहलपहल

दमक, ३१ भदौ । गत भदौ २३ र २४ गते जेन्जीको आन्दोलन सुरु भएको थियो । आन्दोलनमा नगरपालिका लगायतका सार्वजनिक सम्पत्तीमा आक्रमण गर्न सुरु भएपछि केही समयको लागी सम्पूर्ण सरकारी कामहरु पनि बन्द गरिएको थियो । यस बिचमा दमक नगरपालिकाको भवन पनि प्रयोग गर्न नमिल्ने गरी क्षती पुर्याईयो, आगजानी गरियो । भदौ ३१ गतेबाट भने दमक नगरपालिका लगायत दमक नगरमा रहेका सम्पूर्ण वडाले आफ्‌नो सेवा दिने भनी विज्ञप्ती जारी गरेको थियो । तर,झण्डै एक सातापछि खुलेका वार्डहरुमा सेवालिनेहरु कति आए सेवा दिनेहरुले के गरे ?

धेरै दिन पछि खुलेका वडा कार्यलयहरुमा सेवाग्राहीहरुको भिड देखिन्थ्यो । आन्दोलनमा दमक नगरपालिकाको भवन मात्रै जलेन त्यहाँ रहेको थुप्रै कागजात र उपकरणहरु पनि जलेर गए । यस्तोमा नगरपालिका र वडामा रहेका जनप्रतिनिधी र कर्मचारीहरु पनि क्रसित भएका छन् । यस्तोमा वडामा सेवा लिन आएका सेवाग्राहीले आन्दोलन भन्दा अगाडीको जस्तै सेवा पाईरहेका छन् की छैनन् ?

दमक नगरपालिका वडा नं ६ मा सेवा लिन आउनुभएका सेवाग्राही गोविन्द बस्नेत वडा कार्यलयमा स्वास्थ्य बिमा नविकरण गर्न आउनुभएको थियो । धेरै दिनपछि खुलेको भएपनि वडामा सम्पूर्ण कर्मचारी र जनप्रतिनिधीहरु पनि उपस्थित भई सेवा पाएको उहाँले प्रतिकृया दिनुभयो ।

 

त्यस्तै दमक नगरपालिका वडा नं ८ मा आफ्‌नो नागरिकता हराएर प्रतिलिपी निकाल्न सिफारिस लिन आउनुभएकी दमक ८ की दुर्गा चुडाल आफ्‌नो काम एकदमै छिटो र पहिला जस्तै भईरहेको र वडाको सेवाप्रति सन्तुष्ट रहेको बताउनुहुन्छ ।

 

दमक नगरपालिका वडा नं ५ को वडा कार्यलय आफ्‌नै नरहेको र भाडामा रहेकोले आफ्‌नो सामानहरु सुरक्षित रहेको छ । तर, दमक नगरपालिकाको कार्यलय भने पूर्ण रुपमा धस्त भएकाले आफूहरुलाई चाहिने सामाग्रीहरुको अभाब महसुस गरेको र अभाब भएपनि आफूहरुले पहिला जस्तै सेवा दिन सक्ने बताउनुहुन्छ वडा नं ५का अध्यक्ष ईन्द्र बहादुर गुरुङ ।

यसरी दमक नगरपालिकामा रहेका सम्पूर्ण वडाहरुले आन्दोलन पछि पनि आफ्‌नो सम्पूर्ण सेवाहरु पहिलाको जस्तै दिने कोसिस गरिरहेको छ । तर, नगरपालिका संग सम्बिन्धीत सेवाहरु भने अझै सुरु हुन सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौं,१० भदौ। भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहने आकलन गरिएको छ। जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनका आठ बुँदे जानकारी

काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६