अनुशीलन

१५ उपन्यासका गुमनाम सर्जक

उहाँको उपन्यास ‘हिन्दु नारी’ र ‘लजालु आँखा’ पनि शुभचिन्तकले युट्युवमा हालिदिएकाले उपन्यासका नाममा त्यत्ति चिनो छ उहाँसँग ।

दमक, ४ असोज / त्यो समयमा पुस्तक प्रकाशन गर्ने प्रकाशक पाउनु निकै ठूलो कुरा हुन्थ्यो । त्यस्तो परिस्थितिकाबीच झापा दमकका उपन्यासकार युवराज बरालको भनें प्रकाशकले नै मागेर भटाभट उपन्यास प्रकाशन गरिदियो । जसबाट उत्साहित बरालका एकैपटक चारवटा गरी जम्मा १५ वटा उपन्यास विद्या बुक्स विराटनगरले प्रकाशित गरिदियो ।

 

त्यो बेला उच्च शिक्षाको पढाई खर्च आफैंले जुटाएर पढ्ने स्वनिर्भरताको सोच अनुरुप ०५२ सालबाट लेख्न सुरु भएको उपन्यास लेखन कार्यले उहाँको पढाई खर्च गजबले जुट्यो र उहाँको नाम पनि परिचित बनायो । त्यो समयमा उहाँले अरुका लागि समेत दर्जनौं उपन्यास लेखिदिनु भयो । पूर्वमा त्यो बेला उहाँको उपन्यास धेरैले पढे र उहाँको नाम धेरैले प्रशंसाका पात्रका रुपमा दर्ज गरे । प्रतिक्रियाका चिठ्ठीपत्र हुलाकबाट दैनिक रुपमा हजारौं आए । ‘तर यो बेला न उहाँका कुनै उपन्यास नै उहाँसंग छन् न त ती १० औं हजार चिठ्ठीपत्र नै । मसँग भएको उपन्यासका प्रति पनि अरुले माग्दै लगे, अहिले सम्झिँदा आफूसँग एउटै पनि नहुँदा पछुतो लागिरहेको छ ।’–उहाँ स्मरण गर्नुहुन्छ । उहाँको उपन्यास ‘हिन्दु नारी’ र ‘लजालु आँखा’ पनि शुभचिन्तकले युट्युवमा हालिदिएकाले उपन्यासका नाममा त्यत्ति चिनो छ उहाँसँग ।

 

केन्द्रप्रसाद बराल र जानुका बरालका सन्तानका रुपमा वि.सं. २०२८ साल बैशाख २९ मा जन्मिनु भएका उहाँ हाल दमक ५ मा बसोबास गर्दै दमक मोडल क्याम्पसको सहायक प्रमुखका रुपमा अध्यापन पेसामा आवद्ध रहँदै आउनु भएको छ । तीनवटा विषयमा स्तातकोत्तर गर्नुभएका अन्तरमुखी स्वभावका मृदुभाषी बराल उपन्यासमा ऐतिहासिक नाम बनेर प्रेरणाको स्रोत हुनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमको ४४ औं श्रृंखलामा गरिएको कुराकानीको भिडिओ लिंक हेर्नुहोला ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति