महिलालाई तालिम

महिलाहरुको पाचदिने वाक कला तालिम सम्पन्न

दमक
मेची महाकाली संयुक बुहारी आवाज दमक नगर कमिटीले आयोजना गरेको पाचदिने वाककला तालिमको समापन भएको छ । फागुन १० गते देखि सुरु भएको तालिमको शनिबार समापन गरिएको हो । तालिममा महिलाहरुलाई भिडमा कसरी बोल्ने, मन्चमा भाषण गर्दा वा कार्यक्रम संचालन गर्दा केके कुरामा ध्यान दिने लगायतका बारेमा सिकाईएको थियो ।

प्रशिक्षक मन्जरी घिमिरेले यसबारेमा पाच दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक शैलीमा प्रशिक्षण गराउनु भएको थियो । तालिममा मेची महाकाली संयुक बुहारी आवाजमा आवद्ध ३० जना महिलाहरुको सहभागीता रहेको थियो । महिलाहरुलाई बोल्ने शैलिको बिकास गराउन यसप्रकारको तालिमको आयोजना गरिएको संयोजक जमुना निरौला अधिकारीले जानकारी दिनु भयो ।

।कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिकाकि उप प्रमुख गीता अधिकारी रहनु भएको थियो भने कार्यक्रम नगर कमिटीकि सचिव रिना राई चेम्जोङले संचालन गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं,९ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

एमाले पार्टी स्थापना दिवसको अवसमा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं,९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका

घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक

काठमाडौं,९ वैशाख। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ

सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने सरकारको तयारी

काठमान्डौ, ८ वैशाख । सरकारले सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा शिक्षा,

यी जिल्लाहरुमा ‘हिट वेभ’को संभावना, के भन्छन् त मौसमविद ?

काठमाडौं,८ वैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना

गृहमन्त्रीलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं,८ चैत । श्रम संस्कृति पाटीद्धारा ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक