झापा, ११ कात्तिक । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाइते भएको प्रहरी जनाएको छ।
गएराति १२.१५ बजे अर्जुनधारा – ६ पूर्वेली टोल स्थित भित्री सडकखण्डमा महानन्दचोकबाट पूर्वेली टोलतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८५८ नम्बरको मोटरसाइकलले पैदल यात्री बिर्तामोड –३ बिर्ताबजार बस्ने ५५ वर्षीय राम सेवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक इलाम रोङ – ५ बस्ने बर्ष २१ वर्षीय प्रनिस मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
एआइ तस्बीर









