सेवामा सुधार ल्याउदै गरेको दमक अस्पतालमा सेवाग्राहि भने सास्ती भोग्न बाध्य

दमक १६ कार्तिक । झापाको दमकमा रहेको दमक अस्पताल जिल्ला स्तरको एकमात्रै सरकारी अस्पताल हो । यो अस्पतालको स्विकृती १५ शैयाको मात्रै भएपनि अहिले यसले ७५ भन्दा बढि शैया बराबरको सेवा दिइरहेको छ । खासगरी नगर अस्पताल मात्रै भएपनि यहाँ सेवा लिन आउने दमकका मात्रै हुदैनन । अन्य पालिका मात्रै नभएर दक्षीण इलाम र पाँचथर र पूर्वि मोरङ सम्मका विरामीको भरोसाको केन्द्र बनेको छ दमक अस्पताल । अस्पतालको सेवा र सुविधालाई सुधार गर्दै अघी बढाइएको भएपनि कनागरिकले ती सेवा सहजै पाउन चाहि अझै सकिरहेका छैनन । बिहान ८ बजे काटेको टिकको पालो दिनभर बस्दा डक्टर भेट्न र त्यसपछि रिपोर्ट देखाउदा र औषधी लिदा सम्म गरी झण्डै दुई दिननै बित्ने गरेको छ । किन यस्तो भइरहेको हो ?

पालो कुर्दा कुर्दै रात पर्छ । धेरै बेर आफ्नो पालो नआएसम्म उभीरहनु पर्छ । र यसबाट बिरामीहरुलाई थप बिराम बढाउन सक्ने भयो भन्दै यसको निकासकालागी दमक अस्पतालले टोकन सुविधा ल्यायो । अव आफुले टिकट काटेपछि आफ्नो पालोको नं याद गरेर अनुमानीत समय हेरेर मात्रै पनि अस्पताल आउन मिल्छ । तर यहाँ आउने सेवाग्राहिहरु टिकट काटेपछि पनि अस्पताल प्राङ्गणमै उभीरहनु हुन्छ । आफ्नो पालो एक सय जनापछि छ भनेपनि दिनभर यही नै बसेर समय व्यतित गर्नु हुन्छ । जसले गर्दा उहाँहरुको समय धेरैनै बितेको जस्तो हुने रहेछ । दमक ८ का हेम बहादुर फूँयाल आफ्नो पुरानो रोगको औषधी लिन भन्दै नियमीत आउनु हदो रहेछ । औषधी लिन बिल तिर्न काउण्टरमा जान उहाँले मेसिनबाट टिकट लिनु हुन्छ । तर काउण्टरमा गएर पैसा तिर्न र पैसा तिरेको बिल लिएर औषधी किन्न दिनभरीनै लाग्ने गरेको बताउनु भयो । त्यसैले उहाँको सुझाव छ यसरी नियमी औषधी लिन मात्रै आउनेहरुकालागी र जेष्ठ नागरीककालागी छुट्टै काउण्टर राखीयोस ।

 

पछिल्लो समय विमा बोर्डले सरकारी अस्पताललाई मात्रै विमाको पहिलो बिन्दु भनेर तोकेपछि पनि यहाँ दमक अस्पतालमा भीड बढेको हो । यहाँ उपचार हुन सम्भव नभएका रोगकालागी रेफर लिनकालागी पनि कयौ सेवाग्राहि यहाँ आउनु परेको छ । यसले गर्दा अन्य साँच्चै बिरामी भएका र तुरुन्तै यहीको सेवा लिनेहरुलाई पनि यसले प्रभाव पारिरहेको छ । दमक ५ का केशव प्रसाद पौडेल हेर्दा ठुलो अस्पताल छ । तर यसलाई सञ्चालन गर्ने जनशक्ति चाहि कम छन कि ? यसलाई अझै राम्रोसग व्यवस्थापन पो गर्न नसकेका हुन कि भन्दै चिन्ता व्यक्त गर्नु हुन्छ ।

 

टिकट काउन्टरमा पालो आएपछि प्रस्टै टिकट नम्बर स्क्रीनमा देखिन्छ र आवाज मार्फत सुनिन्छ पनि । यसको मतलव कुनै एक नम्बरको पालोमा काउण्टर वा डाक्टरको क्याविनमा एकजना मात्रै सेवाग्राहि देखिनुपर्छ भन्ने हो । तर दमक अस्पतालको टोकन एउटा नम्बरको छ तर सेवा लिन जानेहरुको जमात चाहि बाक्लो हुन्छ । अनी सेवा दिनेले पनि टोकन नं नहेरी सेवा प्रवाह गरेको हो वा के ? नत्र एउटाको पालामो अरुको भीड चाहि किन भएको हो भन्दै प्रश्न गर्नु हुन्छ दमक १ का लक्ष्मी लिम्बु । टोकन मार्फत आफ्नो पालो बाहेक अर्कोले सेवा लिनै नपाउने गरीको व्यवस्था गर्ने हो भने यसरी अस्त व्यस्त नहुने थियो कि भन्ने उहाँले सुझाव दिनु भएको छ ।

 

पछिल्लो समय विशिष्टिकृत सेवाहरु पनि यस अस्पतालबाट सुरु भएका छन । ल्यावहरु अत्याधुनीक बनिरहेका छन् । सेवाहरुलाई अझ गुणस्तरीय बनाइरहिएको छ । तर यसको आन्तरीक व्यवस्थापन फितलो र कमजोर रहेका कारण नागरीकले सहज सेवा भने पाउन सकिरहेका छैनन । त्यस तर्फ यसका जिम्मेवार पक्षले चासो दिने हो कि ?

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको

(रास्वपा)ले लगायो संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो

काठमाडौं,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल

चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको